खबरदार ! भित्र नबस्नुहोला ! Nepali Poem

खबरदार !
भित्र नबस्नुहोला !

बाहिर गज्जबको जात्रा छ ।
कोटा पुग्नलाई बाँकी एक मात्र छ ।
सित्तैमा चटक देखाइरहेको,
चटके कोरानाले चटक देखाउँदैछ ।
कति पुग्छन् हिसाबमा अंक लेखाउँदैछ ।
नाम लेखाइहाल्नुस्, फेरि छुट्नु होला ।
खबरदार ! भित्र नबस्नुहोला !

हात धुनुहोला नि फेरि ?
मरे नधुनुस् ।
मास्क लगाउनुहोला नि फेरि,
त्यो मोरालाई त छुँदै नछुनुस् ।
बाहिर तमासा छ,
मुख छोपेर नखोक्नुहोला ।
फेरि अर्कोलाई चिठ्ठा पर्ला ।
टिकट चाहिँदैन हेर्नलाई,
बस् कात्रो बोक्नुहोला ।
हिँडी हाल्नुस् , फेरि छुट्नु होला !
खबरदार ! घर भित्र नबस्नुहोला !

बाहिर आर्यघाट,
एक्लै छ,
तपाईलाई कुरिराछ ।

र,
वरिष्ठ डाक्टरसाप भन्नु हुन्छ,
आँखाबाट छिर्छ रे,
पट्टी बाँधेर निस्कनुहोस् ।
उता,
आर्यघाटले भने आँखा उघारेर बसेको छ ।

साँच्ची आर्यघाटलाई,
कोरोना लाग्छ कि नाई ?

 

Image by Sasin Tipchai

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *