Nepali Poem | आँखा बाटो हेर्छन् अझै | Vivek Ghimire

Nepali Poem Vivek Ghimire

तिमीलाई सम्पूर्ण भइसक्न

जति चिम्टी प्रकाश वर्षहरू आवश्यक पर्छ

मेरो खल्तीबाट झिकेर टेक खुड्किलाहरु

नमिलेका बेरुजु हिसाबले तिम्रो शिरानी नभिजोस्,

मानिसको छोरीले बिहान ब्यूझिने घाम सँगसँगै दगुर्नुपर्छ ।

 

हाँसो तिम्रो मीठो मैँले पिइन भन्छौ भने

म आजसम्म मातेर नाचेको छु तिम्रो छातीको फराकिलोमा

गोडा चिप्लियोस् भन्ने कामनामा तिमी मुस्कुराँउदी हौ अझै

विस्मृतीमा बेपत्ता डुबेका ती सुरुसुरुका नाइनास्तीपूर्ण क्षणहरू

फेरी कफीको प्रत्येक चुस्कीमा गुलियो दलेर  स्वाद बिगार्न आए भने ?

 

कति परको गन्तब्य टेकेपछि  तिमी ढोग्न आउछौँ तिम्रो पहिलो भाकल ?

कि बिर्सिसक्यौ ? मैँले सम्झाउनु पर्छ भने त म रिसाउँछु,

दाँत झार्छु सपनामा तिम्रो कपाल काट्छु, रगत चाट्छु

तर तिमी सुन्दर छौ, थोपाथोपा प्रेमको पुरापुर लायक,

देवतालाई थाहा छ तिमी फर्कन्नौ, आँखा बाटो हेर्छन् अझै ।

 

 

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *