How is ‘House of Palette’ Becoming a Market Leader for Amateur Painters? | The Business Mind Podcast
In this episode of ‘Business Mind Podcast’, we have invited founder/CEO of House of Palette; a company which strives to make non-painters paint like a pro.
Listen to his business strategy and story behind the formation of his unique company.
पेन्ट ब्रस नछोएकाले पेन्टिङ गर्ने थलो बन्दै ‘हाउस अफ प्यालेट्स’
पेन्टिङ गर्ने भन्न बित्तिकै प्राय:लाई एउटा प्रश्न उठ्न सक्छ- पेन्टिङ गर्न नआउनेले कसरी पेन्टिङ गर्ने?
त्यस्तै पेन्टिङ गर्न नआउनेहरूका लागि ललितपुरस्थित झम्सीखेलमा रहेको हाउस अफ प्यालेट्स पेन्टिङ गर्ने थलो बन्दैछ। जहाँ तपाईंले चाहेअनुसार पेन्ट गर्न सक्नुहुन्छ।
सन् २०१५ मा राहुल अग्रवाल, दीपा अग्रवाल र नेहा अग्रवालले हाउस अफ प्यालेट्स खोल्ने योजना बनाएका थिए।
काठमाडौंमा मठमन्दिर र घुम्ने ठाउँ धेरै भए पनि मनोरञ्जन गर्ने थलोको कमी महसुस गरेपछि उनीहरूले यसरी स्टुडियो खोल्ने योजना बनाएका हुन्। नेहाको घरबाट सुरू भएको पेन्टिङ स्टुडियो आठ वर्षमा विभिन्न स्थानमा स्थानान्तरण हुँदै झम्सीखेलमा पुग्यो।
झम्सीखेलको इभोक क्याफेको परिसरमा रहेको हाउस अफ प्यालेट्स नेपालको पहिलो लाइफस्टाइल पेन्टिङ स्टुडियो भएको उनीहरूको दाबी छ।
पछिल्लो समय यहाँ दैनिक १२-१५ जना पेन्टिङ गर्न आउने कम्पनीका सञ्चालक राहुल बताउँछन्।
‘आर्ट भनेको बच्चाहरूलाई स्कुलमा सिकाउने कुरा हो भनिन्छ। तर आज यो सोच परिवर्तन भइसक्यो,’ राहुलले भने, ‘दैनिक १२ देखि १५ जना आउने गर्छन्। यसरी आठ वर्षमा हामीले ३० हजार जनालाई पेन्टिङ गराइसक्यौं।’
उनका अनुसार यहाँ तीन वटै पुस्ताका मानिसहरू पेन्टिङ गर्न आउँछन्।
कहिल्यै पेन्टिङ ब्रस नछोएकाहरू पनि यहाँ पेन्टिङ गर्न आउँछन्। उनीहरूले गरेको पेन्टिङको क्यानभास घर पनि लैजान पाइन्छ।
हाउस अफ प्यालेट्स मध्याह्न १२ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्छ। हप्ताको ६ दिन खुल्ने यो पेन्टिङ स्टुडियो सोमबार बन्द हुन्छ।
एक पटक क्यानभास किनेपछि पेन्टिङ नसकिएसम्म थप शुल्क नलाग्ने राहुलले बताए।
‘एक पटक १५०० को क्यानभास किनेपछि हामी तपाईंले रोजेको तस्बिरलाई सुहाउँदो रंग, कुची, र एप्रोन दिन्छौं,’ राहुलले भने, ‘दिनभरी बसेर पेन्टिङ गरे पनि पेन्टिङ नसकिएसम्म अन्य केही शुल्क लिँदैनौं।’
सञ्चालक राहुल आफैं पनि पेन्टिङ गर्न रूचाउँछन्। आफ्नो मनमा खेलिरहेका कुरा क्यानभासमा पोख्न पाउँदा उनी खुसी हुन्छन्।
यही खुसी उनले अरूमा पनि देख्ने गरेको बताए। उनी यसबाहेक छुट्टै व्यवसाय पनि गर्छन्। तर साँझपख स्टुडियोमा समय बिताउँछन्।
‘मैले फोटोग्राफी छाडेर व्यवसायमा हात हालेँ। तर व्यवसाय गर्दा दिनभरी अनेकन तनाव आइपर्छ,’ राहुलले भने, ‘बेलुकी यता आएर पेन्टिङ गरेर मनको कुरा क्यानभासमा पोख्न पाउँदा र अरू पनि रमाएको देख्दा खुसी हुन्छु।’
हाउस अफ प्यालेट्समा सिकारूलाई पेन्टिङ सिकाउन दक्ष पेन्टरहरू छन्।
ठूलो समूहमा जानका लागि बुकिङ गर्ने व्यवस्था पनि गरिएको राहुलले बताए। अहिले स्टुडियो राहुल र दीपाले मात्र सञ्चालन गरिरहेको छन्।
स्टुडियोमा आउनेहरूले राम्रो प्रतिक्रिया दिइरहेको पनि उनीहरू बताउँछन्।
कहिलेकाहीँ पेन्टिङ सिकाउन विभिन्न ठाउँमा पनि बोलाउँछन्। उनीहरूले माग बमोजिम स्टुडियोका सामान नै बोकेर भनेको ठाउँमा पुग्छन्। त्यहीँ स्टुडियो सञ्चालन गरेर पेन्टिङ गराउँछन्।
‘हामी झम्सीखेलमा मात्र सीमित नभएर नेपालको जुनसुकै कुनामा आवश्यकता अनुसार स्टुडियो सार्छौं,’ उनले भने, ‘किनभने हाम्रो अन्तिम उद्देश्य कहिले पेन्टिङ नगरेका सबै जनालाई पेन्ट गराउनु हो। जसको लागि हामी स्टुडियो सारेर सिक्न चाहनेहरू कहाँ पुग्छौं।’
Host: Susan Chaudhary || Guest: Rahul Agrawal
Read More at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

