“र मैले आत्महत्या गरिनँ” मेरो आफ्नै भोगाइ हो ।
समयको त्यो अँध्यारो गुफाभित्र म कति निस्सासिएँ, कति हतास भएँ, कति ऐँठनहरुले न्याक्क पारेँ । धन्न, जीवनको महत्व थोपाथोपी मात्रामा नै भएपनि मभित्र थियो । मर्नबाट त्यसैले जोगिएँ ।
यहाँ कतिपय बाँच्न चाहनेसित जीवन हुँदैन, जोसित जीवन हुन्छ ऊ बाँच्न चाहिरहेको हुन्न । जतिसुकै कठिन अवस्थाबाट गुज्रिए पनि मानिसमा धैर्य हुनुपर्छ । जीवनमा अँध्यारोको आयू पनि क्षणिक हुन्छ उज्यालोको रौनक पनि क्षणिक हुन्छ । यहि लेखलाई आधार बनाएर पछि मद्धारा प्रिय सुफी पनि लेखियो ।
अर्थात्, प्रिय सुफीको बीउ यहीँबाट लिएको हुँ ।
Read More From Subin Bhattarai:
Facebook Comments

