25 Love quotes by Subin Bhattarai

Subin Bhattarai

25 Love quotes by Subin Bhattarai

  • मलाई विशुद्ध माया चाहिँदैन । किनकि माया शुद्ध हुनै सक्तैन । मायामा अलिअलि कचकच, अलिअलि घुर्की, अलिअलि रिस, अलिअलि बेवास्ता भएन भने त्यो माया मायाजस्तै नलाग्ने रैछ ।

 

  • सबैको नसीबमा प्रेम लेखेको हुँदैन । जसको नसीबमा लेखेको हुन्छ, उसले नजिकै भएर पनि देखेको हुँदैन ।

 

  • आँशु एउटाको आँखाबाट खस्छ, भेल अर्कैको मुटुमा पस्छ । सायद यहि होला माया भनेको ।

 

  • सपनामा धेरै आउने मान्छे प्राय यथार्थमा पनि सपना बनेर रहन्छन् ।

 

  • प्रेम डरको डोरीमा आफैँलाई बाँधेर गर्ने चीज होइन, रहरको धागोमा बाँधेर उडाउने चीज हो । त्यसैले डरमा प्रेम हुँदैन । र, प्रेममा डर हुनुहुँदैन ।

 

  • हरेक कदममा सबैको कहाँ साथ भेटिन्छ.

आखिर चन्द्रमामा पनि त दाग भेटिन्छ ।

 

  • प्रेममा पर्न कत्ति पनि समय लाग्दैन, तर प्रेम चिन्न सदियौँले पुग्दैन ।

 

  • मुटु यस्तो घर हो, जहाँ थुप्रै मान्छेका सम्झना झगडा नगरीकन बस्न सक्छन् ।

 

  • डोरीजस्तो बलियो सम्बन्ध चाहनुहुन्छ भने धागोजत्तिको विश्वास गर्न सिक्नुस् । किनकि सम्बन्ध विश्वासले चल्छ, आशले होइन ।

 

  • जो जो आउँछन्

एकैनाशले आउँदैनन् जीवनमा,

कोही आउँछन् जानका लागि,

कोही आउँछन्, मुटुमै घर बनाउनका लागि ।

 

  • दवाबले प्रेम हुन्न ।

प्रेम प्रभावले हुन्छ ।

र, कसैमा प्रभाव जमाउनका लागि

स्वभाव चाहिन्छ ।

असल स्वभाव ।

 

  • पानीमा भिज्नु र घरबाट पानी परेको दृष्य हेर्नुमा त्यति नै फरक छ जुन फरक प्रेम गर्नु र प्रेमकथा पढ्नुमा छ ।

 

  • भाग्यमा हुने मान्छेको नाउँ निधारमा लेखिन्छ, नहुनेको नाउँ मुटुमा ।

 

  • प्रेम जहिले भेटियो, त्यो समय मीठो । प्रेम जति भेटियो त्यो तृप्ति मीठो । प्रेम जसरी भेटियो, त्यो अवस्था मीठो । भेटेरपनि नभेटिएजस्तो लाग्ने प्रेमको तृष्णा मीठो । नभेटेपनि भेटेजस्तै लाग्ने प्रेमको भ्रम मीठो ।

प्रेम हर समयमा मीठो । हर उमेरमा मीठो । प्रेमको हर रंग मीठो, प्रेमको हर रुप मीठो ।

 

  • बरु नलागोस्, केही छैन

तर लाग्नु नै छ भने

कस्सैको माया

यसरी लागोस्

आएपनि नआएपनि फिर्ता

दिनमात्रै मन लागोस्

 

  • जसले जे भनोस्, मलाई त मौषमी माया नै चाहिन्छ । जाडोमा न्यानो माया । गर्मीमा सीतल माया । अनि बर्खामा ओतसहितको माया ।

 

  • केही मान्छे जीवनमा यसरी भेटिन्छन्,

भाग्यमा विश्वास नगरी मनै मान्दैन ।

 

  • माया त यस्तो पनि होस्

छोएर कहिल्यै नपुगोस्

छोइएर कहिल्यै नअघाइयोस्

 

  • सधैँभरी प्रेम बर्खामा मात्र मीठो हुँदैन । कहिलेकाँही प्रेम त तिर्खामा पनि मीठो हुन्छ ।

 

  • ‘कति माया गर्छौ ?’

‘बाहिर जाउ र आकासबाट बर्षेका पानीका थोपा गन । हो, त्यति नै माया गर्छु ।’

 

  • केही मान्छे सारै मिहिनेती हुन्छन् । मुटुमै घर बनाइदिन्छन् ।

 

  • कहिले आँखामा रसाउँछ प्रेम । कहिले मुटुमा बिझाउँछ प्रेम । पाइला पाइलामा ठेस पनि लगाउँछ प्रेम । सुःखले फुक्र्याउँदै आएको होस् या दुःखमा घुक्र्याउँदै आएको होस्, हर समयमा कुनै चाड झैँ आउँछ प्रेम । जतिसुकै उजाड, जतिसुकै निस्सार मनमापनि एउटा दियो बालेरै जान्छ प्रेम ।

 

  • प्रेमको आकाश मीठो । प्रेमको धरती मीठो । प्रेमको मरुभूमी मीठो । प्रेमको त हिलो पनि मीठो । प्रेमको जुनसुकै रुप मीठो । प्रेम हर ठाउँमा मीठो । प्रेमको जुनसुकै जात मीठो । प्रेमको हर साथ मीठो ।

 

  • ठूलो पानी परिरहेछ,

बिजुलीका तारमा बगिरहेछन् पानीका थोपाहरु

एउटा थोपा बगेर पर जान्छ र अर्कोसित मिसिन्छ ।

आहा ! मनसुनमा त पानीले पानीलाई पनि कति प्रेम गरेको ।

 

  • प्रेम यति अग्लो छ कि आकाश पनि होचो लाग्छ । प्रेम यति गहिरो छ कि सागर पनि सतही लाग्छ । प्रेम यति फैलिएको छ कि धर्ती पनि साँघुरो लाग्छ ।

-Video by Subin Bhattarai

 

 

Read More From Subin Bhattarai:

जाडो, बा र म…… | Subin Bhattarai

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *