Subin Bhattarai

Subin Bhattarai

उनको स्वीटर | Review by Subin Bhattarai

उनको स्वीटर, बडो स्वादिलो सिनेमा लाग्यो, जसलाई हतार नगरीकन रिलिज भएको दोस्रो हप्ताको पनि मध्यतिर आइपुगेपछि हेरियो । यसमा धेरै ठूल्ठूला ट्विष्ट छैनन्, सुरूको दश मिनेटमै दर्शकलाई बाँधिहाल्नुपर्छ, केही घटिहाल्नुपर्छ, कथा छिटोछिटो दौडाउनुपर्छ नत्र दर्शक भड्किन्छन् भन्नेजस्ता कथित फर्मुलाबाट मुक्त छ । कथा बिस्तारै अघि बढ्छ, उकालो हिँडेजस्तो तर उचाइमा पुग्दै गएपछि सुन्दर दृश्यहरु देखिँदै […]

Subin Bhattarai nepali writer

Subin Bhattarai | Best Lines | Best Selling Writer

भावुक केही लेखौं दुखी आत्मा भनिदिन्छन् खुसी पोखौँ उत्ताउलियो भनिदिन्छन् अनुभव केही बाँडौ ज्ञान दियो भन्छन् सबैको चित्त बुझ्नु भनेको त धरतीको हरेक कुनोमा एकैचोटि घाम लाग्नु जस्तै रैछ । कसैले “के छ हालखबर ?” भनेर सोध्दा, आँफैलाई नढाँटीकन “धेरै राम्रो छ,” भन्न पाइयोस् । जिन्दगीमा अरु के चाहियो र ?         […]

Subin Bhattarai | Ijoriya

Valentine’s Day | Nepali Poem | Subin Bhattarai

प्रेम जहिले भेटियो त्यो समय मिठो । प्रेम जति भेटियो त्यो परिमाण पनि मिठो । प्रेम जसरी भेटियो त्यो अवस्था मिठो । प्रेमलाई भेट्ने इच्छामात्र पनि मिठो । प्रेम कतिपटक भेटियो, त्यो तृप्ती मिठो । प्रेम भेट्दा भेट्दै छुटिगएको भएता पनि त्यो छुटाइ मिठो । प्रेम भेटेर पनि नभेटिएजस्तो भएता पनि त्यो अप्राप्ति मिठो । […]

Subin Bhattarai

25 Love quotes by Subin Bhattarai

25 Love quotes by Subin Bhattarai मलाई विशुद्ध माया चाहिँदैन । किनकि माया शुद्ध हुनै सक्तैन । मायामा अलिअलि कचकच, अलिअलि घुर्की, अलिअलि रिस, अलिअलि बेवास्ता भएन भने त्यो माया मायाजस्तै नलाग्ने रैछ ।   सबैको नसीबमा प्रेम लेखेको हुँदैन । जसको नसीबमा लेखेको हुन्छ, उसले नजिकै भएर पनि देखेको हुँदैन ।   आँशु एउटाको […]

Subin Bhattarai

जाडो, बा र म…… | Subin Bhattarai

बा झिसमिसेमै उठेर टोललाई सेलरोटीझैँ एक फन्को मारेर घर आइपुग्नुहुन्छ । म दुईदुईवटा सिरक खापेर मस्त सुतिरहेको हुन्छु । बा दोस्रो चिया पिउँदै गर्दा म आँखा मिच्दै ब्रसमा टुथपेष्ट हालेर ‘आच्छु’ भन्दै बाथरुम पस्छु । मलाई धाराको पानी चिसो लाग्छ । बालाई हाँसो लाग्छ । मसँग जाडोको बहाना छ । बासँग जीवनमा अझै धेरै थोक […]

Subin Bhattarai

…र मैले आत्महत्या गरिनँ | Subin Bhattarai | Motivational Video |

“र मैले आत्महत्या गरिनँ” मेरो आफ्नै भोगाइ हो । समयको त्यो अँध्यारो गुफाभित्र म कति निस्सासिएँ, कति हतास भएँ, कति ऐँठनहरुले न्याक्क पारेँ । धन्न, जीवनको महत्व थोपाथोपी मात्रामा नै भएपनि मभित्र थियो । मर्नबाट त्यसैले जोगिएँ । यहाँ कतिपय बाँच्न चाहनेसित जीवन हुँदैन, जोसित जीवन हुन्छ ऊ बाँच्न चाहिरहेको हुन्न । जतिसुकै कठिन अवस्थाबाट […]