प्रेम जहिले भेटियो त्यो समय मिठो ।
प्रेम जति भेटियो त्यो परिमाण पनि मिठो ।
प्रेम जसरी भेटियो त्यो अवस्था मिठो ।
प्रेमलाई भेट्ने इच्छामात्र पनि मिठो ।
प्रेम कतिपटक भेटियो, त्यो तृप्ती मिठो ।
प्रेम भेट्दा भेट्दै छुटिगएको भएता पनि त्यो छुटाइ मिठो ।
प्रेम भेटेर पनि नभेटिएजस्तो भएता पनि त्यो अप्राप्ति मिठो ।
प्रेम नभेटिएर पनि भेटिएजस्तो लाग्ने प्रेमको त्यो भ्रम मिठो ।
प्रेमको आकाश मिठो ।
प्रेमको धरती मिठो ।
प्रेमको हर यात्रा मिठो ।
प्रेम हर समयमा मिठो ।
प्रेम, हर उमेरमा मिठो ।
प्रेमको जुनसुकै रुप मिठो ।
प्रेम हर ठाउँमा मिठो ।
प्रेमको जुनसुकै जात मिठो ।
प्रेमको हर साथ मिठो ।
Read More From Subin Bhattarai:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

