हाँसोको मूल्य | Rajat Kayastha

Rajat Kayastha

बजारमा आज कुन भाउ चलिरहेछ ?

मलाई आफ्नो लागी हाँसो किन्नु छ !

मिलाएर दिने भए भन्नुहोस् बोक्न सक्ने जति सबै लिनुछ !

मलाई आफ्ना लाग्नेहरू र आफ्नाहरू दुःख पर्दा छुट्टिए, अब सुखका आफन्तहरू चिन्नुछ !

बजारमा अहिले आँसुको मूल्य हाँसो घट्दाको मूल्य बढेको छ,

यही व्यापारमा मलाई जित्नु छ।

कुन हिसाब चल्दैछ हाँसोको आज ?

हाँसो किन्न आको म उधारोमा दिने भए भन्नुस् या धरौटीमा केही राखूँ म ?

हाँसोको मोल बजारमा छुनै नसकिने भएछ आजकाल ? हाँसा किन्न अरु कति थपूँ म ?

कि भगवान बुद्ध जस्तै घर छोडी हाँसोज्ञानको खोजीमा हिँडू म ।

Read More From Rajat Kayastha

:

 

नारी | Nepali Poem | Rajat Kayastha

 

 

Read More From Offline Thinker:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *