फरक त्यति हाे | Poem by Manish Newray

फरक त्यति हाे

अलिकति धेरै हाे
उनी छाेरी भएर जन्मिन
घरका लागि अभागी
समाजका लागि विषादी
पुरुषका लागि सिकारी भएर ,
फरक त्यति हाे !
 
बुढेसकालको साहारा भन्दै
छाेरालाई डिका लगाएकाे `क ´ पढ्न पठाउँदा ,
उनलाई अर्काकाे घर जाने जात भन्दै
डिका लगाएकाे काम लगाइन्थ्याे ,
फरक त्यति हाे
उनकाे अङ्ग घरकाे लागि कसिङ्गार थियाे !!
 
छाेरा मान्छेहरु जाेसङ्ग जसरी बाेल्दा पनि
फरक नपर्ने समाजमा ,
उनी छाेरा मान्छेसँग मस्केर बाेल्दा
उनलाई वेश्याकाे नाम दिइयाे
फरक त्यति हाे
पुरुषवादी समाजमा उनकाे अस्तित्व पशु बराबर थियाे !!!
 
अरुबेला उनले गरेकाे सबै थाेक
चल्ने घरमा ,
महिनावारीकाे दिन उनलाई चल्न
पनि नदिने गरी घरदेखि टाढा गाेठमा राखियाे ,
फरक त्यति हाे
उनी उनी भएर जन्मिन !!!!
 
फरक त्यति हाे
जति तिमी देख्दछाै
त्याे भन्दा बढि उनी खप्दछिन्
त्याे भन्दा बढि उनी आफै उठ्दछिन्,
एउटा इतिहास रच्न र युगान्तकारी परिवर्तनका लागि !!!!!
 
फरक त्यति हाे
जति घृणाकाे खाडलमा गाडिए पनि
उनी आफू स्वावलम्बी बनी ससक्त भएर अडिन्छिन्
देखाउनका लागि कि छाेरा भन्दा छाेरी पनि कम छैन भनेर !!!!!!
 
फरक त्यति हाे
नारी नै नारीकाे दुश्मन बन्ने समाजमा
उनी उनी भन्दा माथि उठिन,
फरक त्यति हाे !!!!!!
 
 
 
 
 
 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *