आमा अर्थात जननी | Nepali Poem | Vijan Guragain

एउटा अग्नि परिक्षा
कसैले जटिल प्रश्न सोध्यो
यो सृष्टिको सुरुवात कहाँबाट भयो?
मेरो सरल उत्तर आमा।
प्रश्न गर्न सजिलो छ
उत्तर दिन निक्कै मेहनत गर्नुपर्छ
कति प्रश्नहरु अनुत्तरित हुन्छन्
ती अनुत्तरित प्रश्नहरुको
एउटै उत्तर आमा ।
दुनियाँमा शक्तिशाली चिज के छ?
फरक मान्छेका फरक फरक उत्तर
सबैका आ-आफ्नै परिभाषा
सबैको उत्तरबाट मिल्ने
एउटै उत्तर आमा।
थुप्रै कुराहरु भुल्न सकिन्छ।
कति कुराहरु चाहेर पनि
सम्झिन सकिदैन यहाँ तर
दु:ख सुखमा सबैले सम्झिने
कहिल्यै नभुल्ने शब्द ‘आमा’।
जिन्दगी जिउन सिक्नु
यो विश्वलाई नियाल्नु
मैले धर्तीमा टेकेर उभिन सक्नु
यो धर्तीको सपूत भन्न पाउनु
यो सबैको श्रेय आमा।
तोते बोलिमै कसैले सोध्यो
सबै भन्दा धेरै माया कसको लाग्छ?
यो ब्रह्माण्ड चकित हुने
अबोधको कति मीठो उत्तर छ
आमा।
-Vijan Guragain
Image by fancycrave1
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *