खोज्दैछु आफैलाई त्यो भीडमा जुन भीडको हकदार कोहि अरु थियो,
कहि कतै कुनै निश्वास प्राणमा समेत आफ्नै खोजी गरिरहन्छु,
कहिले त लाग्छ कि जिवन्त हुनु र जीवन जिउनु एउटै होइन,
म बाँचिरहेछु तर केहि क्षण मात्रै आफूलाई आफैजस्तो भेट्छु,
फेरि किन बाँच्नु पर्यो र खोज्नु पर्यो आफैलाई,
हामी मरेजस्तो अभिनय गरेर पनि जीवन जिउन सक्छौँ नि है?
जति देख्छु यी आँखाले मान्छेहरु हरेक दिन बाच्ने अभिनय गरिरहेका मात्रै,
घरी संसार हेर्छु घरी आफूभित्र हेर्छु
लाग्छ सबथोक भएर पनि केहि नभएजस्तो एक यो संसार छ एक म छु।
-Lok Raj Joshi
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments