मैले लेखिरहन्छु तबसम्म जबसम्म मलाई
लाग्छ कि केवल मैले लेखिरहेछु
मैले लेख्नुभन्दा केहि अक्षरहरु केहिलाई
देखाइदिएको भए
सायद मैले अझ बढि लेख्थेँ होला।
टाढा हुनु र टाढाको नदेख्नु उस्तै भइदिने भए
लेख्नु र लेखिएर राखिनु उस्तै भइदिने भए
मैले लेख्ने कोसिस गर्दागर्दै नलेखेझैं भइदिनुमा
म कसैसंग गुनासो गर्दिनँ।
एक जिन्दगी पाएकोमा खुशी भइदिँदा मभित्र
त्यो मन दिएर खुशी हुनु र खुशी हुन खोज्नुबीच
निकै दुरी बढाइदिनु भयो,
कलम दिएर पनि अक्षर नभएजस्तो
जिन्दगी दिएर पनि जिन्दगी नपाएजस्तै
एक खाली पानामा कोरिएको खाली चित्रले वर्णन
गरिरहेको छ मलाई।
-Lok Raj Joshi
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

