भन त तिम्रो मनपर्ने ब्र्यान्ड ?

भन त तिम्रो मनपर्ने ब्र्यान्ड

 
हिरोहोन्डा वाला सर
भेस्पा वाला म्याडम
ड्युक वाला साथी
माउन्टेन साइकिल वाला जिग्री
बुढाे साइकिल वाला पाले दाइ,
यी सब मानिसको पहिचान हुन्
यो हाम्रो विद्याआर्जन गर्ने थलोमा
साधनदेखि मानिसको पहिचान खुल्छ
यहाँ मानिसले मानिस भुल्छ
ज्ञान भुल्छ, सानिद्यता भुल्छ
भुल्दैन त बस, कति सिसिको बाइक ?
कस्तो राम्रो टिसर्ट, कति राम्रो जुत्ता ?
त्यो सधै जसो कन्भर्स लगाउने साथी
पठनपाठनमा अब्ब्ल छ रे ,
यो नाइकको झोला भिर्ने किन पछाडी बस्छ
र त्यो हिजो डुल्लाकाे जुत्ता लाएर
आउने आज किन आएन ?
हाम्रो दर्शन पढाउनु हुने सरले
सधै जसो कट्राइजकै पाइन्ट मात्रै लगाउछ्न् ?
सम्झनामा छ्न्, ती मोन्टीकार्लो सुइटर
जो समाजसेवा पढाउनु हुँने सरले
सधै जसो पहिरिनु हुन्थ्यो,
कता हुनुन्छ होला ?
यो हो हाम्रो कलेज, हाम्रो ब्र्यान्ड
क्यापिटलिजमको सब फ्यान
यो रोगले कुनै दिन लिनेछ ज्यान
भन त तिम्रो मन पर्ने ब्र्यान्ड ?
कलेज सक्केपछि जाउला है
ठमेल सोनामको स्वोरुम
हुन्छ अनि मलाई किताप पनि किन्नु छ
सरले खालिल जिव्रान पठ्नु भन्नु भएको छ ।।

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *