Nepali Poem | आहा! मेरो सरकारी विद्यालय| Shashi Sharma

Shashi Sharma Nepali Poem

आहा! मेरो सरकारी विद्यालय

आहा ! त्यो झझल्किदो निलो सर्ट र पैन्त
तल चम्किलो कालो जुत्ता
गर्दनमा टाई र कम्मरमा बेल्ट
के त्यो विद्यार्थी त होइन ?
हो ! त्यो सरकारी विद्यालयको विद्यार्थी नै हो ।

विद्यालय आएका विद्यार्थी कोसौ टाढा
शिक्षक भने त्यही विद्यालयका पर्खाल भित्र
मेचमा बस्दै शिक्षकसाथिहरु गफ गर्दै
“मलाई के को चिन्ता ?”को भनाइमा
आहा ! मेरा प्यारा गुरुवर्गहरु ।

विद्यालयमा पठनपाठन सुरु भयो
घण्टी बज्यो तर शिक्षक भने त्ही मेच मै
विद्यार्थीहरू जाहा पो जाऊन् , जे पो गरून्
कसैले केही सोध्यो भने
सबैको एउटै जवाफ “सरकारी विद्यालय ” ।

ओहो! आज विद्यालयमा कार्यक्रम हुने भयो
कार्यक्रम शुरु भयो,विद्यार्थी भेला भए
तर कार्यक्रममा भन्दा धेरै विद्यार्थी त
केवल गेट बाहिर के गरि रहेका छन् त
व्यवस्थापन समितिलाई थाहा हुदैन वा
थाहा नभए झै गर्दैछन्
सानो कार्यक्रम हुदा पढाइ नहुने
आहा मेरो प्यारो सरकारी विद्यार्थी ।

कक्षाका विद्यार्थी विद्यालयबाट भागे
शिक्षकले त केवल पढाउने मात्र हो
तर सोही कार्य हुदैन किन ?
विद्यार्थी कम भए
आहा ! मेरो प्यारो विद्यालयका विद्यार्थीहरू ।

विद्यालयका दुई प्रकार निजी र सरकारी
के पो फरक छ र इनिहरुमा
केवल चार शब्द तर
यहि चार शब्दभित्र लुकेर बसेका छन् ती चालिस फरकहरु
आहा ! मेरो प्यारो भष्ट्रचारी देश नेपाल ।

थाहा छैन ! सरकारी विद्यालय बिगरिदै गयो कि निजी विद्यालय सपरिदै
कहाँ के कमजोरी भयो ? कसले के गर्यो र के गरेन ?
गल्ती शिक्षकको भयो वा विद्यार्थीको
थाहा भयो त सबैलाई एउटै शब्द ‘सरकारी विद्यालयʼ ।

 

 

Read More from Nepali Poem:

एक झलक जिन्दगी | Poem | Secret Thinker – Offline Thinker

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *