एक साँझ हावाको सप्कोसंगै तिमी उडी गयौ
जल्दै गरेको लाश छोडी मलामी उठे जस्तो उराठ लाग्यो
नबोली बस्दा कहिले काहीं धेरै बोलिँदो रहेछ
तिमी आवाज हैन मौनता पढ्छौ
अनि म लाटो जस्तै सधै तिम्रो ओठको तालमेल खोज्न लागि परिरहे
मलाई गमलामा सजाएर तिमीले स्यहारेकी थियौ अचानक यो अनकन्टार बगैंचामा
यी आनागिन्ती फूलहरुको साथमा रहँदा, मलाई तिम्रो गमलाको याद आउँछ
अनि सम्झेर त्यो गमला म लेख्छु सधै एक हात कविता
ब्रामाण हातहरूको समिश्रण हो ब्रम्हाका हात उदाहरण हुन् यसका
कसका हात हुन् यी
जसले तिमीलाई आजकल मेरो आत्मागालिन्को अवचेतेना बिर्सिन सिकाउदै छन्
मेरो अनउपस्थितिको खाल्डोहरु पुर्दै छन्
कसका हात हुन् यी
जसले तिम्रो हातमा नंगपालिस लगाएर रंगहरुको उत्तेजना बढाई रहेकाछन्
आज कसले तिम्रो अन्तर्मनको ढोका खटखटाई रहेको छ
कसका हात हुन् यी
जसमा तिमी साटी रहेकी छौ आफ्नो न्यानो बच्पन
तिमी पोखिरहेछौ दुःखको धारो अनि खुसीको खडेरी जस्तो मसिनो मूल
कसका हात हुन् यी
जसले तिम्रो कोठामा फेरबदल गर्दै छ मेरा यादहरुमाथि
आज पल्टाउन रोकिरहेको छ तिमीलाई मेरा तस्बिरहरु
कसका हातहरु हुन् यी
जसमा तिमीले छोडी दियौ आफ्नो जिद्दीपनाको रश
मेटी रहन्छ मेरा छापहरु तिम्रा हातबाट
जो आजकल तिम्रो केशमा फूल सिउरिन जान्दैन
कसका हात हुन् यी
जो आजकल तिम्रो घरको दोबाटो आगाडीसम्म नपुगी बिचमै हराऊँछ
जसले तिम्रो निधार छुन हिच्किचाउछ
कसका हात हुन् यी
जसले तिम्रो नाममा चिठी पठाउन भुल्छ
जसले तिम्रा हातका दागहरुलाई सुम्सुमाउदैन
आखिर के चाहन्छ यो समय के चाहन्छौ तिमी ?
अनि के चाहन्छ यो हात ?
न तिमीले सोध्यौ कहिले न मैले सोधे
सोधेको भए सायद समय हाम्रो अन्त्य चाहन्थियो
त्यस्तै यो हात पनि हाम्रो अन्त्य चाहन्छ
अन्त्य चाहने ऊ तिमीलाई अन्त्यसम्म चाहन्छ चाहदैन ?
यसपाली सोध्नु तिमी
आखिर ऊ के चाहन्छ ?
Read More From Sudarshan Poudel:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com