लौरो, थाक्रो, लिस्नो अनि
म लौरो
न यात्रा न गन्तव्य
न यात्री न सहयात्री
तैपनि
हिड्नु छ अघि अघि
बन्नु छ सहारा
कतिन्जेल?
जतिन्जेल
पाइलाहरु सुस्ताउदैन
परेलीहरु जोडिदैनन्
जब
सासहरु फुल्न छाड्छ्न्
गोडाहरु गल्न छाड्छ्न्
अनि
बिजुली चम्के जस्तो
फिलिङ्गो उडे जस्तो
वायुको वेगमा
मिलिक्क मिल्काउछ्न्
सागरमा बुँद मिले जसरी
फूलमा बास्ना मिले जसरी ।।
म थाक्रो
घिसार्दै लतार्दै
ल्याइन्छ
कठघरामा
धढ उभ्याईन्छ आकाशमा
रोपिन्छ बिज पाँउमा
लहरिन्छ्न् म मा
फुल्छ्न् वैशमा
जवानीमा मै सकिन्छ्न्
उप्रान्त
तृप्ती पछि
उखेलिन्छ्न् जराहरु
चुडाइन्छ्न् काण्डहरु
संगसंगै भाचिन्छ्न्
खिङरिङ्ग परेका करङहरु
उखेलिन्छ्न्
बचेका कुचेका आधी धढ।।
म लिस्नो
सालनाल छुट्टाएर
गुल्टाउदै, गुडुल्याउदै
ल्याएपछि
खोपिन्छ्न्
बदनमा
बसिलाका पाताले
पश्चात्
शिवलिङ्ग झै
ठडाउछ्न्,
कहिलेसम्म?
धित नमरुन्जेलसम्म
स्खलित नहुन्जेलसम्म
ढुसीले नमक्काईन्जेलसम्म
जब
पालो सकिन्छ चढेर
ओर्लन मान्दैनन्
चट्याङ जस्तै
झर्न मान्दैनन्
जुन जस्तै
खस्नै मान्दैनन्
तारा जस्तै
अन्त्यमा
उदाउन मान्दैनन्
घाम जस्तै।।।
Read More Nepali Poem:
Nepali Poem | प्वाल | Pari Vikram – Offline Thinker
Read More from Subin Bhattarai:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

