Nepali Gajal | Pradip Rodan | Nepali Writer

Pradip Rodan Gajal
धेरथोर कमाउने भएको छु आमा अब।
अलिकति पैसा राखन पटुकामा अब।
साथीभाइ घाम झैँ आँगनबाटै फर्किन्छन्,
कसलाई लेख्नु स्वागत छ ढोकामा अब।
बालुवै बन्ने रहेछ समयको अन्तरालमा,
के खुशी हुनु र नाम खोपेर ढुङ्गामा अब।
एउटा बाटो छ कसैलाई भेट्न मन लागे,
म भेटिन्छु भट्टीका पुराना खातामा अब।
हामीलाई नदेखे झैँ गर्छ भन्लान् ठिकै हो,
आफ्नै अनुहार त देखिँदैन ऎनामा अब।
-Pradip Rodan
गोरखा
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *