Nepali Gajal | Pradip Rodan | Nepali Writer
धेरथोर कमाउने भएको छु आमा अब। अलिकति पैसा राखन पटुकामा अब। साथीभाइ घाम झैँ आँगनबाटै फर्किन्छन्, कसलाई लेख्नु स्वागत छ ढोकामा अब। बालुवै बन्ने रहेछ समयको अन्तरालमा, के खुशी हुनु र नाम खोपेर ढुङ्गामा अब। एउटा बाटो छ कसैलाई भेट्न मन लागे, म भेटिन्छु भट्टीका पुराना खातामा अब। हामीलाई नदेखे झैँ गर्छ भन्लान् ठिकै हो, […]