मेरा प्रश्ननरहरूपले | Nepali Poem| Nibana Dahal [Offline Thinker] #1

Nibana Dahal

दस महिनासम्म गर्भमा राखेर

आफ्ना सब‌ै इच्छाहरू त्यागेर

मप्रति आफ्ना खुसीहरू सङ्गाल्दै

मलाई यस धर्तीमा पाइला टेकाउने तिमी नै त हौ नी आमा  ॥

छौरी भयौ भनेर नाक मुख खुमच्याउने

यो समाजले तिमीलाई छि:छि,थु:थु गर्दा पनि

तिमीले आफ्नो कानमा तेल हालेर

आफ्नो त्यो चिसो मनलाई थम्याउदै

न्यानो सुतीको पछ्यौरीले बेरेर

मलाई न्यानोपनको आभास गराउने तिमी नै त हौ नि आमा  ॥

“हैन छोरा त चाहिन्छ चाहिन्छ” भनेर

कसैले भन्दै गर्दा नतमस्तक भएर

ममा छोराको जिम्मेवारी देखेर

मलाई बुढेसकालको लौरो बनाउदैँ,

हिमम्त र साहसको पटुकी कस्ने तिमीलाई

सदा खुसी राख्न चाहान्छु मेरी आमा  ॥

अरूको  निधारमा भएको इन्द्रेणीको जस्तै

सप्तरङ्गी टीकाले मेरो बाँझो निधारलाई

हरेक वर्षको भाइ टीकामा  गिज्याउँदा,

तिम्रा सामु  गएर रूँदा

बहिनीको हातबाट मेरो निधार रङ्गाई

दाजुभाइको आभास गराउने तिमीलाई म

सधैँ मायाको अङ्गालोमा बेर्नेछु मेरी आमा ।।

तर पनि मेरो मनमा

केही प्रश्नै प्रश्नको गाँठो अलझेको छ नि मेरी आमा,

जति पीडा तिमीलाई छोरा जन्माउँदा हुन्छ

त्यति नै पीडा तिमीलाई छोरी जन्माउँदा हुने होइन र आमा?

तर पनि छोरीलाई अझै

छोराको दर्जामा किन राख्न सकेको छैन हाम्रो समाजले ?

म प्रश्न गर्न चाहान्छु नि आमा,

आफ्नै देवता जस्तो आमा बुबाको पनि किरिया बस्न छोरीलाई किन दिदैनन् आमा?

छोरीलाई गर्भमै फाल्न लगााउने सोच भएको

हाम्रो समाजले असल बुहारी चाहिँ किन खोज्छन् आमा?

छोरा पाए स्वर्ग पुगिन्छ भन्ने अन्धविशवासको पट्टी बाधेको

यो समाजलाई म केही गरेर देखाउनेछु आमा॥

समाजलाई म केही गरेर देखाउनेछु आमा॥

Image by ijmaki

Read More Poem-

Poem

-सेतु | कविता | कृष्ण दाहाल

Letter to My Future Self | Poetry by Sabi Thapa

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *