जिन्दगीको लागि कविता | कविता | Raju Chand Thakuri

ए जिन्दगी
मलाई ती कविताका भावहरु सँगै डुब्नु छ
सुख दुःख सम्हालेरै सफलताको शिखर पुग्नु छ
जसरी शब्दशब्द मिलाएर तिमी बन्छौ
त्यसैले त सबैले जिन्दगीको साथी कविता हो भन्छौ
जहाँ मनभित्र गुम्सिएका ती अतिरञ्जित भाव आउछन्
अनि कविताकै माध्यमबाट जिन्दगीको गुनगान गाउँछन्
अरे मलाई ती शब्द शब्दहरु सँग लड्नुपर्छ
जिन्दगी संघर्ष हो संघर्ष गरेरै अघि बढ्नुपर्छ
नौ रसको बिचित्रमा कविता रसाउछ
दुई अक्षरले नै मानिसलाई कहिले रुवाउछ कहिले हसाउँछ
जिन्दगीमा साथ दिने कोहि टुट्छन् कोहि जुट्छन्
स्वार्थी दुनियाँमा लुट्न आफ्नै नजिककोले लुट्छन
तर कविता तिमी यस्तो साथी बनिदियौ
जसलाई म आफैले शब्दशब्दले प्रहार गरिरहेको छु
बिना निन्दा मेरा ती मनका भावहरुलाई संगालेकी छौ
जिन्दगीको साथी बनी हरपल हरसाथ अगालेकी छौ
ए कविता तिमी
जिन्दगी भरी सँगै मर्ने बाच्ने कसम खानेहरुका लागि होस्
या कसैका लागि आकाशका तारा टिपेर ल्याउनेहरु होस्
बिछोड्पन र एक्लोपनको एकमात्र सारथी हौ तिमी
समुन्द्री किनारमा बग्ने पानी जस्तै मनको छाल हौ तिमी
कविता तिमी निस्वार्थ रुपमा मेरो साथी बनेकी छौ
जन्म र मुत्यु बीचको अवधिलाई जिन्दगी भनेकी छौ
धेरै, धेरै त भन्दिन म
तर थोरै भएपनि खुसिखुसिका साथ यहि
शब्दहरुको बथानमा कवितासँगै रमाउने मन छ
छैनन् धेरै ठूला सपनाहरु त
पुराना भएर बाकसमा थन्काएका आफ्नै
रचनाका डायरीहरु बारम्बार पल्टाउने मन छ
सक्दिन गुन त तिर्न मैले
ती डायरी र कलमहरुलाई तर
थोरै भएपनि कविता द्वारा साहित्यमा योगदान पुर्याउने मन छ
आज विश्व मानवजाति भाइरसको प्रभावमा बाचेको छ
लकडाउनमा घरभित्रैबाट मनको भाव कवितामा साटेको छ
मानवजातिको महत्त्व बाढिपहिरोको आशुले रुझाएको छ
जिन्दगीको साथी कविता हो भनि लकडाउनले बुझाएको छ
जिन्दगीको हरेक भाव सगाल्ने तिमी कविता
कोहि नहुँदा एक्लै गुनगुनाउने साथी कविता
तिम्रो र मेरो सम्बन्ध नङ्ग र मासु जस्तै भएछ
साहित्य प्रेमी म, मेरो जिन्दगीको साथी कविता नै भएछ।
हास्छु हसाउछु रम्छु रमाउछु कविताले नै जिन्दगी सजाउछु।

-Raju Chand Thakuri

Photo by Thought Catalog

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *