कालापानीमा | Nepali Poem | Mahadev Bista

कालापानीमा
जहाँ
सेता बरफका टुक्राले
सजिएका छन्
पहाडका टाकुराहरु

फेदहरु सुसज्जित छन्
कलकल झरनाहरुले

जहाँ
सुवास छरेकी छिन्
प्रकृतीले वन पाखाहरुमा
रङ्ग भरेकी छिन् इन्द्रेणीले
कुना कन्दराहरुमा
सुन्दरतामा
कालापानी स्वर्ग हो
स्वर्गको हिस्सा हो
सदीऔँदेखि
माहाकालीले बगाइरहेको
एक जिवन्त इतिहास हो
विरतामा
कालापानी पुर्खाको गौरवगाथा हो

जहाँ
कुनै समयमा वैरीको रगतले
नुहाएको थियो हाम्रो खुकुरी
जहाँ
बल्भद्रका प्रत्येक
पदचापमा गुन्जिएको
थियो बिजयी धुन
तर
बिडम्बना वर्षऔँ देखि
कालापानीमा
सत्रुका बुटहरु धावा बोलिरहेछन्
हाम्रो इतिहासमाथि
कुल्चिरहेछन् हाम्रो स्वाभिमान
र प्रहार गरिरहेछन्
हाम्रो हृदयमा

अत्ति भो
अब त समयले हामीलाई
गिज्याएको पनि
हाम्रो राष्ट्रभक्ति
प्रश्न नै प्रश्नले च्यापिएको पनि

त्यसैले
फेरी एकपल्ट लड्नु छ
युद्ध कालापानीमा
ध्वस्त बनाउनु छ
दुस्मनका किल्लाहरु
पराजित गर्नु छ शत्रुको अहन्कार

रोप्नु छ चन्द्र सूर्य
एकाबिहानै कालापानीमा ।

-Mahadev Bista

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *