जय किसान ! | Prajwal Bikram Kunwar

Prajwal Bikram Kunwar
आषाढका केही कुराहरू यो पानामा उतार्न मन लाग्यो | सबै खेतका गराहरु हरिया हुने, माटोको सुगन्ध आउने र उही बेतालको हावा पानी आउने समय हो | खासमा यो महिना त किसानको जोस र जागर देखाउने महिना पनि हो | यो बेला खेतहरुमा मानिसको जमात घूम ओडेर ठाडो भाका गाउँदै मनका दुःख सुनाउने समय हो | बिरुवाका बुट्यनहरु जस्तै लहरै लहर क्रमबद्ध भएर हाँसी मजाक गर्ने समय हो |
पर कुनामा कोही धानका विया उखेल्दै कोही गोरूहरुलाई हलो जुवामा जोडेर खेतलाई जोत्दै त्यो असारे झरी र त्यो बेलाको समय बडो मज्जा आउँछ | हातमा हात जोडेर धानका विउहरुलाई खेतमा आफ्ना सन्तानहरू सलबलाएको जस्तै देख्दा नै छुट्टै आनन्द आउछ |
अहाँ हिलोको पनि बेग्लै खुस्बु! रोपायाहरु खेतको आलीमा बसेर खाजा खाँदै गर्दा तिर्खाएको ती कोकिल कण्ठमा पानी जब पर्छ अमृतपान गरेझैँ भान हुन्छ | डर लाग्दो आकाशको गड्याङ्ग-गुडुङ्गमा पर काकाको बारीमा झरेका आँप टिप्न कुदिरहेका कलिला खुट्टाले मेरो बाल्यकालको झझल्को दिन्छ | तब त असारमा नदीका भन्दा सम्झनाको भेल ठूलो बग्छ |
जय किसान!!!!
-Prajwal Bikram Kunwar
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *