जिन्दगीका सकाइहरु | Binod Dawadi
हे साथीहरु किन तेरो घर मेरो घर
तेरो जग्गा मेरो जग्गा भन्दै झगडा गर्छौ
किन चोरी गछौ, किन मान्छे मार्छौ
रक्सी, नसालु पदार्थ किन खान्छौ
तिमीहरु कन अरुको रिस, डाह, लोभ गर्छौ?
जति जे गरेपनि तिमीहरु
कहिल्यै पनि अघाउँदैनौ।
पैसा, गाडी, घर-जग्गाले केहि पनि हुँदैन
यसले मानिसको पिर, दुःख, रोग केहि रोक्न सक्दैन
अर्कालाई हेप्ने जिन्दगीमा
एउटा धनी भएर काम छैन।
बरु गर राम्रो काम,
काम कहिल्यै नाँसिदैन।
यो संसार क्रुर रहेछ
यहाँ सबै मानिसहरू नाटक गरिरहेछन्
सबैले जालो बुनिरहेछन्
त्यसैले सम्पतिमा नरमाउ साथी
जे छ त्यसमा संतुष्ट हुनु जीवनको साब्दिक अर्थ रहेछ।
Facebook Comments

