अन्धो सरकार | Nepali Poem | राजा कर्ण | [Offline Thinker] #1

अन्धो सरकार

सुतेर उठेँ एउटा खबर कानमा
रेप भयो भनि हल्ला मच्यो नेपालमा,
अर्को दिन उठ्दा एसिडको‌ प्रहार अनुहारमा,
हाम्रो देश किन जाँदैछ अन्धकारमा,
संसारमा ज्ञानको ज्योति फैलाउने नेपालबाट,
गौतम बुद्ध अझै यो संसारमा,
तर हामी आफै किन अन्धकारमा,

अब कति सताउने होला नारीलाई,
मन उनको जहिलैबाट कलिलो,
मर्ने जहिले उनी पहिले,
राजनीति गर्ने जहिले अन्धो,
धेरै पहिलेदेखि सुन्दै आएको सति प्रथा,
अरु सुनेँ धेरै कथा,
समाजलाई अगाडि बढायो कसले
सुनाउ अब सबलाई त्यो सत्य,

दुई वर्ष बिती सक्यो केस भा’छैन समाधान,
रामको‌ हैन अब आयो रावणको राज,
तर झूठो छ तिम्रो न्याय र वाचा,
सत्तामा अपराधिहरुको हात छ,
रातो गाडीमा चढ्नेले ज्यान लिन तयार छ,
मन्त्री र संसदमा माफियाहरु कै राज छ,
ह्यासट्याग लगाएर कति भन्नु, अन्धो यो सरकार छ ।

 

 

READ MORE BEAUTIFUL POETRY

“सरकार भेटियाे , न्याय भेटिएन” | कविता | सुलभ राज [Offline Thinker]

Letter to My Future Self | Poetry by Sabi Thapa

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *