सपनाका कथा | कविता | Sanjiwani Kathet -[Offline Thinker]

Sanjiwani Kathet

सपना छन् मुठ्ठी भरी
पुरा गर्ने धोको पनि।
तर उडि छोऊ चन्द्र कसरी
मात्र हुँ म मनको धनी॥

पंख फिजारी उड्नु छ बेसरी
सपनालाई त्यागी जिउनु छैन मरि मरि।
न पिडा न बिडम्बना बोक्नु छ धरि
बस पुराना सपानाका गाथा र आउने सपना मनमा जगाइ नाच्नु छ मयुर जसरी॥

ए साथी !
नपर्खाउ मलाई गन्तव्यसम्म पुग्नबाट यसरी
उडन देउ न्याय खोज्न हिडेको एक चरी सरि ।
बग्न देउ असार साउन र पुरै वर्ष भरी
सन्सारका शितल ताप्न देउ वरिपरि ॥

रारा सुके, म भरिउ
कोसी रुके, म बगिरहुँ ।
अनन्त कालसम्म देवकोटाको र आचार्यको लेखमा सजिरहुँ
र सुस्तायका सपानाका कथामा हिमालझेैँ अडिग रहि इतिहास रचिरहुँ ।

Image by Bessi

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *