Story by Beni Nepali
ताब्दी त्यसमाथि पनि कलियुग रे, यो अनिकालको समयमा गर्लफ्रेण्ड भेटाउन पनि जन्मदेखि नै ललाटमा लेखेर ल्याउनुपर्छ नभए जन्मनु अघि नै भगवानलाई घुस खुवाएर पहिल्यै बुकिङ्ग गर्नुपर्ने रहेछ । द्धापरयुगमा भगवान् श्रीकृष्णको दशहजार गोपिनीहरु थिए रे तर अहिलेको कलियुगमा त श्रीकृष्णलाई पनि एउटै गोपिनीले पत्याउदैन्थे होला । युग नै देखावटी बनावटमा दौडन थालेको छ ।
तडकभडक, सज्जासज्जीको अगाडी केटाकेटीहरुको लाम लाग्ने गर्छ् भने सामान्यलाई सहयोग गर्न पनि हिच्किचाउने प्रवृति अझै अवगत नै छ । अहिले त गर्लफ्रेण्ड बनाउन ब्राडपिट भएर जन्मनुपर्छ कि त बिलगेट्सको छोरा भएर जन्मनु पर्छ । यी दुईको गुणसँग कुनै गुण तालमेल नहुने केटाले गर्लफ्रेण्ड पाउनु त परको कुरा, पाउछु भनेर सोच्नु पनि महापाप होला ।
पातलो शरीर, अग्लो वर्ण र फाट्टफुट्टको गोरो केटाले दीर्घकालीन गर्लफ्रेण्ड पाउनु भनेको त साईकलको चिठ्ठामा मोटरसाईकल पाउनु जस्तै हो । सायद गर्लफ्रेण्ड बनाउने कुनै गणितिय सुत्र हुँदो हो त म त्यस सुत्रको प्रयोग गरीसक्थे होला र अहिले मेरो अगाडी पछाडी गर्लफ्रेण्डको झुण्डो लाग्थ्यो होला तर गणित, विज्ञान विषयमा धेरथोर पारङ्गत भईसकेको म यस गर्लफ्रेण्ड विषयमा भने हातमा लाग्यो शुन्य नै भयो ।
जमाना नै डेटमा गएको बेला मलाई डेट भन्नाले यो वर्ष, यो गते भन्ने ज्ञान बाहेक अन्य ज्ञानमा अज्ञात भए । हात समातेर हिड्नु, एकान्त कुनामा गएर गफ गर्नु, रातदिन च्याट गरेर समय बिताउनु त केबल फिल्मी दुनियामा मात्र हुन्छ जस्तो लाग्थ्यो । गर्लफ्रेण्डको बारेमा सोच्दा त म त के भगवान् पनि केहि समय स्तब्ध हुन्छन् होला । वास्तविक गर्लफ्रेण्डको माया नपाएको म जुन चिजसँग बढि समय बितायो त्यहि नै गर्लफ्रेण्ड लाग्न थाल्यो र यहि कारणले नै मेरो एक महिने गर्लफ्रेण्डसंग चिनजान भयो ।
परीक्षामय मौसम थियो । विषयहरु मन्द मन्द गतिमा बर्सिरहेका थिए । घरीघरी त प्रश्नहरुको सिरेटो नै चल्ने गर्थ्यौ तैपनि अधिकतम समय उत्तरहरुको खडेरी लाग्ने गथ्र्यो । परीक्षाको डुङ्गालाई पार लगाउन मैले प्लेबोइ(Playboy) को रुप धारण गरिसकेको थिए । किताबरुपी गर्लफ्रेण्डको चाङबाट म छानी-छानी, छाटी-छाटी गर्लफ्रेण्ड फेरिरहेको थिए तर जुनसुकै गर्लफ्रेण्डमा बढी समय बिताए पनि हरेकले धोका नै दिईरहेका थिए । परीक्षाको कर्भ बडी (curve body) हेर्नमा तल्लीन भएको म अन्य ठाउँमा गर्लफ्रेण्ड बनाइसकेको कुरा पत्तो नै भएनछ ।
त्यसै त गर्मी मौसम, त्यसमाथि कोकाकोला साइज (coca cola size), सिलिन्ड्रिकल साइज (cylindrical size), जिरो फिगर (zero figure), स्लीम फिगर (slim figure) र बल्क फिगर (bulk figure) का गर्लफ्रेण्डहरुले घेरिएको कारणले होला मेरा पसिना छुटिरहेका थिए । यस्तो विकराल परिस्थितिमा पनि मलाई मेरो एक महिने गर्लफ्रेण्ड (चिसो भित्ता जसमा म आड लागेर पढ्ने गर्थे) ले आड र चिसावट दिइरहेकी रहिछे । भोकले आत्तिएको मानिसलाई खाना दिएर धर्म कमाएझै नयाँ गर्लफ्रेण्डले मेरो गर्मीलाई ठन्डा गरिदिएकी थिई । त्यसैले नै होला म अन्जान भएरै पनि उनीसँगै टासिइरहे, एक महिना भर ।
हामीबीच घनिष्ठता बढ्न थाल्यो । बिहानदेखि रातिसम्म, उठेदेखि नसुतुन्जेलसम्म हामी सधैँ सँगै हुन्थ्यौ । सँगै हुँदा म अन्य छाटिएका गर्लफ्रेण्डको कुरा गरिरहन्थे र उनीहरुले गरेको धोकाको बारेमा सुनाइरहेको हुन्थे तर पनि मेरी एक महिने गर्लफ्रेण्ड बिना हिचकिचाहट मलाई आड दिइरहन्थी, चिसोपना दिइरहन्थी ।
परीक्षाको लागि केही समय बाहिर भएपनि परीक्षा सकिएपछि म उनी नजिक आइहाल्थे र उनीसँगै टाँसिएर बसी पनि हाल्थे । यसरी नै मिनेट बित्थे, घण्टा बित्थे, दिन बित्थे, हप्ता बित्थे । म भने सधैँ नै नयाँ गर्लफ्रेण्डको किचलो उसलाई सुनाइरहन्थे । सायद उसलाई पनि डाहा लाग्दो हो घरीघरी, दिक्क पनि लाग्दो हो घरीघरी तैपनि उसले कुनै प्रतिक्रिया दिन्नथी, म पनि उसलाई डाहा गराउने ध्ययले अरु गर्लफ्रेण्डको बारेका कहानी सुनाएको थिइन । त्यो त बाध्यता थियो मेरो, सायद बुझेकी थिई उसले ।
यो समाज पनि बिचित्रको छ । आफनो गन्तव्य प्राप्त गर्न प्लेबोई (playboy) बन्नुपर्छ यहाँ, फरक फरक गर्लफ्रेण्ड चाख्नुपर्छ नभए समाजले नामर्दको लाञ्छना लगाईदिन्छ । त्यसैले त आफनो अस्तित्व देखाउन क्षणिक समयको लागि प्लेबोई (playboy) बनेको थिए सायद थाहा थियो उसलाई त्यसैले त हरबखत शान्त मुद्रामा हुन्थी उ । म पनि सायद यस्तै गर्लफ्रेण्डको खोजीमा थिए जसले बाहिरको माहोल नहेरी मेरो भित्री परिस्थिति बुझोस् । गन्तव्यमा पुग्न जुनसुकै रुप धारण गरे पनि बाहिरी रुपमा नबहकियोस्, अन्तर्आत्मालाई चिनोस् । जीवनमा उतारचढाव देखेर, बाहिरी बनावटको छाल नसोचोस्, भित्री शान्त दहलाई देखोस् ।
बाहिर देख्नेले त मलाई चट्टान पनि भन्दा हुन् तर मलाई बलौटे माटो देख्ने खोज्दैछु । खोज्दैछु म । एक महिनासम्म उनीसँग मेरो सामिप्यता बढ्यो र परीक्षा एक महिनाको भएकोले त्यस लगत्तै सम्बन्ध रोकियो उसको र मेरो । अझै पनि भेटिराख्छु मेरी एक महिने गर्लफ्रेण्डलाई परीक्षा पिच्छै । शान्त स्वभावकी, उत्कृष्ठ गुणले भरिपुर्ण मेरी एक महिने गर्लफ्रेण्ड ।
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

