वर्षेनि मलाई यी र यस्ता दृश्यहरुले मन भारी बनाउछ, सारै चित्त दुखाउछ बिचरा किन यी गरिबहरु आधा वर्ष जतिको दुःख गरेर जोर जम्मा गरेका थोरै केही चिज बिझहरु अझै भन्दा त आफ्नो परिवारका कलिला सन्तानहरु नै बाध्यतामा आफ्नै आँखाको अगाडि बिलिन हुन बाध्य हुनुपर्छ? किन ?
अब हामीहरु त्यो पत्रिकाको हेडलाइन मात्र पढेर कति बस्ने ? धेरै वर्ष नै भइसक्यो आफ्नै आँखा अगाडी ती अबोधहरुको खाने अन्न, बस्ने बाँस, त्यही भएको एक सरो कपडा अनि ती अबोधहरु आफै बाढीसङै बग्नु परेको ?
“मान्छे नै हुन नि ती गरिबहरु पनि सोच्नुस् त त्यो पीडा तपाईं हामीलाई हुने हो भने कस्तो होला” ?
मेरो विचारमा निम्न कामहरु अर्को वर्षको वर्षासम्ममा सम्पन्न गरि सक्नु पर्दछ(Co-operation of Local, Provincial, Federal Government) बाट-
१. बाढी पहिरोबाट बस्न योग्य भु-बनोट हो कि होइन वैज्ञानिकमार्फत किटान गरी Safe residential zone निर्धारण गरियोस अनि मात्र मान्छेलाई बसोबास गर्न दिइयोस् । हैन भने त्यो ठाँउमा जे गर्दा सुरक्षित हुन्छ, उत्पादन हुन्छ त्यहि कामको लागि आवश्यक समन्वयमा प्रयोग गरियोस ।,
२. काम गर्ने सक्ने जनशक्ति जतिलाई नेपाल सरकारको विकास निर्माणमा लगाइयोस् नसक्ने जतिलाई नेपाल सरकारले अगाडि नै आफ्नो सरकारी सुरक्षित निवास बनाएर प्लेसमेन्ट गरियोस् । त्यो प्लेसमेन्ट वर्खाको समय या सधै हेरेर आवश्यकता अनुसार गरियोस्,
अकालमा त्यो मानवलाई मर्नपर्ने नबनाइयोस् ।अनि यस्तो सुन्दर मूलमा जन्मेका ती अबोधहरुको आफ्नो जिउनु पाउने हकलाई सम्मान गरियोस ?
मलाइ ताजुक लाग्छ हामीले खाली बालुवामा किन पैसा लगानी खनाउछौ त्यसको दिर्घायु समाधान तिर किन जादैनौ ? आखिर मानव भएर पनि मानवको पीडामा किन नजर अन्दाज गर्छौ ?
#हाम्रो मानवअधिकार संगठन कहाँ छ?
#हाम्रो सरकार कहाँ छ?
#हाम्रो नागरिकता विशेषज्ञ कहाँ छ?
#हाम्रा युवा नेताहरू कहाँ छन्?
#हाम्रा सामाजिक सेवकहरू कहाँ छन्?
अबको समय उनीहरूको आधारभूत आवश्यकताको लागि प्रदर्शन गर्ने र उनीहरूको मानव अधिकार बचाउने हो !
-Shiva Ram Dhakal
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

