माङ्ने | कविता | Sarita Gelal

झोला-कुम्लो बोक्छ उ
बाटो बाटोमा सुत्छ उ
कठै उस्को भाग्य कस्तो
जैले पानीमा रुज्छ उ

मागेर एक छाक खान्छ उ
भोकले सधै रुन्छ उ
जैले पनि खान कै लागि
चारै दिशा घुम्छ उ

थोत्रा लुगा लाउछ उ
सधै सिगाँन चुहाउछ उ
त्यी पनि सधै भरि
दुखी भएरनि मुस्कुराउछ उ

सधै जाती हुन्छ उ
त्ययै नि गाली खान्छ उ
कस्तो रैछ भाग्य उस्को
रित्तो थाली बजाउछ ऊ

जैले नि फोहोरी हुन्छ ऊ
दु:खले जैले रुछ ऊ
परिवार कोहि छैनन् उसका
थोत्रा थाङरामा सुत्छ ऊ

माग्नलाई मज्बुर छ ऊ
काम गर्न पाउदैन ऊ
त्यहि नि जीवनको कुनै पलमा
कहिल्यै हरेश खादैन ऊ

लाठो बोकेर हिड्छ ऊ
धेरै समस्यासँग भिडछ ऊ
बलियो शरिर भएता पनि
लाखौंसँग गिर्छ ऊ

उज्वल भविष्य सोच्छ ऊ
सुखी जीवन खोज्छ ऊ
के गर्नु उस्को कर्म
सधैं दु:ख भोग्छ ऊ

-Sarita Gelal

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *