आमा!
आमा! तिम्रो यादमा जुनेली रात पनि औसीको अन्धकार रात झै लाग्छ
तिम्ले गर्ने माया सम्झिरहदा यो टन्टलापुर दिन पनि बर्षा झै लाग्छ
तिमी बिना आमा हरेक दिन म छट्पटाउछु, मनले व्यथा बिसाउनी खोज्छ
कयौ रात केवल तिम्रै नाम कल्पिएर बित्छ
आउने हरेक चाडपर्व बिरंगामा बित्छ
अरु जन्म दिनमा रमाउछन्
म आफुले आफैलाई याद भुलाउछु अनि
मन मस्तिष्कले तिम्रै तस्बिर खिच्छ
त्यसैले त आमा
तिमी विना म पानी विनाको माछी झै भा’छु
तिम्रो देह त्यो हरियो बाँसमा चढाएर घाटमा
पुर्याए सगै
चिता जलेर खरानी अनि धुवाँ बनेर उडे सगै
कती सपनाहरु चिता संगै जले मेरा
कती भाह्वहिल भए आमा
चितासंगै जलेका र जलाएका मेरा अनगिन्ती सपनाहरु
बाथरुम सगै सिरानीमा आएनन् कहिल्यै खडेरीका दिनहरु
आमा मलाई एक्लै बनाएर किन गयौ टाढा?
माया लागेन छोरी को?
आमा!
बालाखैमा मैले गरेको कुन गल्तीको सजाय दियौँ हँ?
मलाई एकलै छाडेर गयौ हँ?
तिम्री प्यारी छोरी हैन म?
तिम्रै हात समाएर हिड्थे हैन म?
के माया लागेन मेरो?
मलाई जस्तै तिम्लाई यो सानी छोरीको
छाँया आउदैन आमा
देख्छौ नि है हरेक रात म तड्पिएको
दया लागेन मेरो
म माथी हुने व्यवहार माथी बसेर
हेरेकी छौनी है
केही गर्दीनौ मलाई सम्हाल्न?
ममता जाग्दैन तिम्रो आमा
कुन गल्तीको सजाय दियौ आमा
किन छाडी गयौ आमा?
माथ भारी हुदा अड्याउने बिसौनी भेटीन आमा
खुट्टा थाकिसक्यो जाने गन्तव्य भेटिन आमा
बाटो देखाउने तिमीले किन हात छोडेऊ आमा
बालाखैमा साथ किन छोडेऊ आमा
फुल्न नपाई ममताबिहीन किन बनायौ आमा
मासुम अनुहार नौनी जस्तै यो दिल
मेरो मुटु किन तोडेऊ आमा
मलाई किन छोडेऊ आमा
किन एकलै छाड्यौ आमा
-Sd palvi
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

