आशा | कविता | Rupa Lamichhane | काव्यकुञ्ज कविता प्रतियोगिता

Rupa Lamichhane

दुई शब्द निशब्द छन्
आशा ।
यी दुई शब्दको मिलनले यो संसार चल्दैछ
विश्वभरीको ह्दय विचल्लित भएका छन्
र ती विचल्लित मन अनि मस्तिष्क तिमी मै
अडिक छन् आशा ।।
यसरी संसार रोइरहेका बेला
रहरहरु सबै गुम्सिएका छन् छटपटाइरहेका छन्
ती कदमका पखेटाहरु ।।
पृथ्वीको स्वर्गमा लुटपुटीदै छन् विचल्लीत मनहरु ।।
जहाँ आफ्नो ठेगान आफैलाई नहुंदा
आशा तिमी एउटा गन्तव्य बनिदिएको छौ ।।

यो संसार राईरहदा अशाकै किरणले
ढोलक बजाईरहेको छ
तिमी एक अमूल्य औषधीको रुपमा
मैदानमा उत्रीदै छौ भन्ने आशाले संसार विश्वस्त छ ।।
यसरी अत्यास लाग्दो घडीमा यो संसारलाई
संंँहाल्न सक्ने तिमी अनि तिम्रो त्यो कलालाई
हार्दिक नमन गर्दछु ।।
धन्य छु म आशा तिमी कति बलवान छौ है
हो रैछ वास्तविक संसार तिमी मै अडिक रैछ
अनि तल्लीन रैछ ।।।।

-Rupa Lamichhane

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *