आमा | गजल | Aashish Bastakoti

Aashish Bastakoti

जननी हुन्, त्याग हुन्, निस्वार्थ ममताकी खानी हुन आमा
सन्तानलाई सारा संसार देखाउने राहदानी हुन आमा

भगवान कै रूप हुन, आमा जस्तो को हुन्छ हँ संसारमा
फगत रगतैको डल्लोमा जीवन भरिदिने जिन्दगानी हुन आमा

नौ-नौ महिना गर्भवती भई , प्रसव व्यथा खुसी खुसी सही
आफै मरेर अर्को बचाउने एक मात्र कहानी हुन आमा

जन्म मात्र दिनेहैन सन्तानलाई कर्म पनि दिन्छिन् उनै
सन्तान् सागर त सागर भरिदिने समस्त पानी हुन आमा

यहाँ‌ त बाचा कसम खाएर जोडिन्छन सारा सम्बन्धहरु
बिना शर्त साथ कोही दिन्छ भने यदि ती जनानी हुन आमा

संसार सारा बेचेपनि सकिँदैन एउटी आमा किन्नलाई
जीवन जगत कै सबभन्दा अमूल्य आमदानी हुन आमा

-Aashish Bastakoti

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *