पागल | Nepali Poem | Pravesh Acharya | काव्यकुञ्ज कविता प्रतियोगिता

परिचय कुनै छैन मेरो
तर
समाजबाट पाएको एक
उपनाम मात्र छ
“पागल”,

म कुनै मानसिक
रोगी हनै

न त म कुनै मायामा
घाइते भएको प्रेमी नै हुँ
तर पनि
समाजले मलाई उपनाम
दएको छ “पागल”।

 

मेरो कुरा सुन्ने त धेरै हुनछन्

तर
सबजैना मात्र क्षणभरको

एकछिन सुनरे आंशुका दुई
थोपा झारेर
फेरी भनि हिड्छन् आफनो
बाटो “कठैबरा कस्तो

बिजोग लाग्दो रैछ त्यो पागल ।”

 

मनमा मेरो पनि थियो देशभक्ति
र देशप्रेमको भावना,

मैले पनि उठाएको थिएँ

राष्ट्रनिर्माणको नारा,

तर
मेरो प्रेम र प्रयासलाई
दबाउने थुप्रै प्रयत्न गरियो

तर
मैले हार नमान्दा मलाई
उपनाम पुरस्कृत
गरियो ” पागल”।

 

यति देशप्रेमको भाव राख्नु नराम्रो हो,

यति राष्ट्र निर्माण गर्नु उचित हैन

राष्ट्रको सेवामा तल्लिन हुनु

यति राम्रो हैन भने,

हो मलाई मेरो यस
प्रदान गरिएको उपनाम सुइकृत छ,

हो म पागल नै हो,

देशलाई प्रेम गर्ने पागल,

देशलाई विकास भएको हेन खोज्ने पागल,

हो म पागल नै हो

मलाई दिइएको यस उपनाममा
कुनै गनुासो नै छैन
किनकी एक सच्चा रास्ट्रप्रमीले

पाउने एक उचित नाम नै हो “पागल”।

-Nepali Poem by Pravesh Acharya

Read More Nepali Poem:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *