आफै आफ्नो घमन्डमा लिपिएर
अरूको गर्व लतपताउने,
आफ्नो घाइते घमन्ड मै
गर्व गर्ने यो संसार
मलाई मनपरेन।
यो धर्ममा अल्झिरहेने
बनवटी बिचारधारा र
आदर्शवादी सोचमा बल्झिरहने
पल पल आफ्नो बिबेक गुमाइरहेने यो संसार
मलाई मनपरेन।
धनका भोका, शक्तिका भोका
मोज मस्ती र एसओ आरामका भोकाले
भरिपूर्ण यो हन्तकाले संसार
मलाई मनपरेन।
रिस, आरिस, डाहा
वासना, अभिलाषाका चोक्टाले बनेका,
मासुको थुप्रोभित्र लुकेका
Murkhauti सासहरू बसोवास गर्ने यो संसार
मलाई मनपरेन।
आज म खाटमा पल्टेर
संसार विनाश भएको कल्पना गर्छु,
आँखालाई सुताउँछु, कानलाई तन्काउछु र
कहिल्यै नगुन्जिएको शून्यताको सुरिलो धुनलाई
सुनेर रमाउँछु।
किनभने मलाई यो संसार मनपरेन।
-Biswas Prabin
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

