म अब यो बाँकी जीवन,
प्रकृतिको सौन्दर्यमा रमाउन चाहान्छु।
म एउटा रुख झै भएर,
आफ्नो जन्मभूमी मै अघि बढ्न चाहान्छु ।
म पानी झै जहिले पनि,
आफ्नै गतिमा हिँड्न चाहान्छु ।
जीवनमा जति बाधा आए पनि,
पानी झै आफ्नै गतिमा बग्न चाहान्छु ।
म हावा झै,
आफ्नै इच्छामा उड्न चाहान्छु।
म बतास झै सररर,
बोटका पातहरूसँग नाच्न चाहान्छु।
डुल्न चाहन्छु, रम्न चाहन्छु, रुझ्न चाहन्छु ।
धेरै भयो कृत्रिम चीजहरूसँग रमाइलो,
अब म केवल प्रकृतीसँगै रमाउन चाहान्छु।
केवल प्रकृतीसँग रमाउन चाहान्छु ।।
-Dipsu Singh Thakuri
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

