एउटा अक्षर
लेखेर नसकिदै
अर्को अक्षर लेखियो
कलमबाट
एउटा घाउ
निको नहुँदै
अर्को घाउ सेकियो
मलमबाट
एउटा शब्द
सम्झेर नसकिदै
अर्को शब्द निस्कियो
मनबाट
एउटा खुशी
भित्रीन नपाउदै
अर्को दुःख निस्कियो
आगनबाट
यसै गरी अनबरत
दौडिरहन्छ जिन्दगीको म्याराथन
उसैसाथ दौडिरहेको छ जिन्दगी
एउटा सपना
ब्युझिन नपाउदै
अर्को बिहानी ब्युझिन्छ
माथबाट
एउटा घाम
उदाउने बित्तिकै
समय दौडिन्छ
साथबाट
घाम अस्ताउन नपाउदै
जुन उदाउछ
रातबाट
अनि यसरी नै
सायर गरिरहन्छ जिन्दगी
उही गन्तव्य
अनि बाटो पछ्याउँदै
पदचापको डाेबहरु भित्र
शिखर नियाल्दै
जुन पदचापहरु
सङ्गै बिलाएका थिए
पुर्खाहरुको गन्तव्य
जुन डाेबहरुसँगै
हराएका थिए
कैयौँ सपनाका ईन्द्रेणीहरु
मलाई
थाहा छ एकदिन
म पनि हराउने छु
गन्तव्यबाट
यिनै पदचापहरुमा
जसरी हराएका थिए
उनीहरु ……………..!
-Chiring Abhiral
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

