Nepali Poem | आँखाको प्रेम | Meerak Subba

Mirak Subba Offline Thinker

आँखा निद्राझैँ निदाइरहेछ,

आँखा परेलीमा झुलिरहेछ।
मनको सपना आँखा बिउँझाइरहेछ,
आँखाको स्पर्श र न्यानोले
प्रेमको आकार कोर्दै छु।
आँखाको हेराइमै
प्रेमको सुन्दर बिम्ब हुन्छ,
आँखाको न्यानो हेराइले
विश्वास पनि बोलिदिन्छ।
दुईबीचको दूरीबाट पनि
आँखाको इशाराले कुरा बुझिन्छ,
आँखा-आँखाको हेराइले
कहिल्यै झुटो बोल्दैन।
आँखाको हेराइमै नै
डुब्छ यो प्रेम,
र आँखाकै भाषामा
मौन मनले प्रेम बोलिरहन्छ।
सादर,
मीराक हाङ  सुब्बा
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *