Nepali Poem | तिमी र म | Priyanka Mahat

Priyanka Mahat Nepali Poem

खै, कसरी सुरुवात गरूँ, थाहा छैन मलाई।
शब्द खोज्दा-खोज्दै हजारौँ कविता पढेँ, सुनेँ,
तर तिमीलाई बयान गर्ने शब्द भेटिनँ मैले

थाहा छैन, तिमी किन यसरी खास भयौ,
किन तिमी मेरो हरेक सपनाको आधार भयौ।
पहिले तिमीसँग बोल्न डराउने म,
आज तिमीसँग नबोली बस्नै नसक्ने भएकी छु।

मजाक-मजाकमा सुरु भएको हाम्रो सम्बन्ध,
आज जीवनको एक महत्त्वपूर्ण अंश बनिसकेको छ।
हाँसोमा लुकाइएको माया,
नजरले व्यक्त गरिएका भावना —
सबै अव्यक्त भएर पनि स्पष्ट भएछन्।

थाहा छैन, जिन्दगी कहाँसम्म पुग्छ,
तर जहाँसम्म पुग्छ, तिमीसँगै रहन चाहन्छु।
तिम्रो हाँसोको छायामा हराउन चाहन्छु,
तर नियतिले मलाई तिमीबाट टाढा पुर्‍याइदियो।

तिम्रो यादले मेरा रातहरू लामो बनाउँछ,
तिम्रो अनुपस्थितिले मनलाई खाली बनाउँछ।
तर तिम्रो मुस्कानको कल्पनाले
म आफैंलाई सम्झाउँछु —
माया दूरीले मर्दैन,
यो त केवल समयको परीक्षा हो।

र एक दिन, जब समय अनुकूल हुनेछ,
फेरि तिम्रो साथमा रहनेछु,
त्यही पुरानै हाँसो,
र त्यही पुरानै आफ्नोपन लिएर

-Priyanka Mahat

 

Read More at Offline Thinker:

 

Follow Offline Thinker on FacebookTwitter, and InstagramYou can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *