मैले अस्ति दुई वटा किताब किने। एउटै शिर्षकको तर फरक फरक प्रकाशकबाट !
एउटाको मूल्य ६४० रूपैँया पर्यो भने अर्कोको १६९ रुपैँया मात्र ।
झट्ट हेर्दा दुबै किताबमा खासै फरक थिएन। उस्ताउस्तै देखिन्थ्यो। फरक यति थियो कि एउटाको फन्ट साइज र मोटाइ अर्कोको भन्दा अलिक बढी थियो।
नयाँ पाठकको लागि यी दुई किताबबीच ‘ओरिज्नल’ कुन र ‘डुप्लिकेट’ कुन छुट्याउन पक्कै गाह्रो पर्छ।
यस्तोमा प्रश्न उठ्न- के किताबको पनि पाइरेटेड भर्जन हुन्छ र?
सरल उत्तर हो- ‘हुन्छ’।
अझ भन्ने हो भने नेपाली बजारमा यस्ता डुप्लिकेट किताबले ओरिजिनल सक्कली किताबको मार्केट धराप पार्न लागेको अवस्था छ।
कुनै लेखकले वर्षौ मिहेनत गरेर लेखेको पुस्तकलाई केही व्यक्तिले बिना कुनै अनुमति चुपचाप पुनः छाप्छ अनि मस्त सस्तो मूल्यमा बेच्छ।
वाह !
पाठक त सस्तोमा किताब पाइयो भनेर दंग पर्छन्।
तर नैतिकताको हिसाबले के यसरी किताब छाप्नु र बेच्नु ठीक हो?
नेपालको कानुनले यस्तो कुकार्यलाई केही गर्दैन?
प्रकाशकको लगानी, लेखकको भ्यालु, बजारीकरणको खर्च सबै गर्ने एका पट्टी, किताब बजारमा आएपछि पुनः छापेर सस्तोमा बेच्ने अर्को पट्टी।
यस्तो किताबका नक्कली किताबहरू कति छन् कति। बजारमा ‘बेस्टसेलर’ बन्न लागेका किताबहरू लक्षित गर्दै केही व्यक्तिहरू तीनै किताबलाई पुनः छाप्ने गर्छन्। कतिपय अवस्थामा त पुस्तक पसलेहरू नै यसमा संगल्न भएको देखिन्छ।
उनीहरूलाई सक्कली र नक्कलीबीचको अन्तर थाहा हुन्छ तर पनि सस्तो किताब बिक्री गरेर मुनाफा कमाउने चाहनाले उनीहरू नक्कली किताब बेच्न पुग्छन्।
एकातर्फ हामी लेखकको सम्मान र साहित्यको मूल्य बारे कुरा गर्छौ। अर्कोतिर भने ती लेखककै रचनालाई गैरकानुनी रूपमा व्यवसायिकरण गर्न लाग्छौ।
दुखको कुरा के भने- यसको बारेमा लेखकलाई पनि थाहा हुन्छ। आफ्नै किताबको नक्कली संस्करण देखेर उनीहरूलाई पनि दिक्क लाग्दो हो। तर नेपालमा यस्तो कार्य गरेको देखे पनि कानुनले कारवाही गरेको देखिएको छैन। जुन विडम्बनाको कुरा हो।
यसको समाधान भनेको पाठक, लेखक, प्रकाशक र सरकारी निकाय सबैले आ-आफ्नो ठाँउबाट यस बारे पहल गर्ने र उत्तरदायी बन्नु हो।
पाठकले पनि सस्तो मूल्य मात्र हेरेर किताब नकिनिदिनु भए, प्रकाशकले पनि किताबहरूलाई सस्तो मूल्यमा किताब ल्याउने वैकल्पिक तरिका खोज्नु भए, सम्बन्धित निकायले पनि पाइरेटेड किताब छाप्ने-बेच्नेलाई कानुनी दायरामा ल्याउनुभए- पाइरेटेड किताबको बजार आफै खस्किने थियो कि?
तपाईको प्रतिक्रिया यसमा के छ?
Buy Your Favorite Books: https://kitabharu.com/
View this post on Instagram
Read more from Unique Pudasaini:
‘बहुरूपी’को सरल लेखाइले पारेको प्रभाव | Book Review | Unique Pudasaini
Read More at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

