तिमीले तिमीसँग जित्नु,
केही हुँदैन अरुसँग हारेर,
तिमी जिउनु जीवनलाई मनाउँदै,
नबाँच्नु जीवनलाई मारेर !!!
तिमी हुर्काउनु मानवता मनमा,
त्यही हो जीवनको सार त !
तिमी आफूले आफूलाई सुधार्नु,
मान्छु, पापी छ संसार त !!!
तिमी सोध्नु आफ्नै मनलाई,
के खुशी छौ त भनेर,
तिमी बन्नु बिलकुल तिमी जस्तै,
कति बस्छौ अरु कोही बनेर !!
तिमी कसैको दुःखमा सँगै हुनु,
सुखमा नभएनि हुन्छ,
तिमी मलाम् अवश्य जानु,
जन्त त नगए नि हुन्छ ।
तिमी वास्ता नगर्नु दुँनियाका कुरा,
बेवास्ता नगर्नु मनका कुरा,
आर्यघाटको लासलाई नियाल्नु,
केही त बुझ्नेछौ जीवनका कुरा !!
मुडो सरी बुढो शरीर,
ढलेको हुन्छ त्यहाँ,
मौन भई आगोमा कोही,
जलेको हुन्छ त्यहाँ,
के फरक पर्छ ? दुनियाँ त उस्तै,
चलेको हुन्छ त्यहाँ!!
यो सत्य हो, त्यो चितामा एकदिन,
तिम्रो शरीर ढल्ने नै छ,
मौनतामा मुडो जस्तै,
तिम्रो शरीर जल्ने नै छ,
फरक पर्दैन साथी दुनियालाई,
दुनिया त उस्तै चल्ने नै छ !!
फेरि किन असलाई देखाउन,
तिमी यति मरिमेट्छौ ??
फेरि किन आफ्नो सपनाको,
तिमी आफै घाँटी रेट्छौ,
थाहा छैन खै के खोज्दैछौ,
थाहा छैन खै कहाँ भेट्छौ,
थाहा छैन खै कसरी खोज्दैछौ,
थाहा छैन खै कैले भेट्छौ !!!
-अश्विन खरेल
Read More From Prashant Bagale:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

