मैले सुनेको छु यो ठाउँ मा न्याय पाइन्छ रे ,
दोषीले सजाए पाउँछन् रे
निर्दोषले न्याय पाउँछन् रे ।
सुनेको छु
अदालतको फैसला निष्पक्ष हुन्छ रे ।
त्यसैले,
न्यायाधीश महोदय
मेरो देशलाई न्याय चाहिएको छ
मेरो देश निर्दोष छ तर पनि न्याय पाएको छैन।
मेरो देश निर्दोष भएर पनि उही भ्रष्ट नेता ज्यूको चङ्गुलमा छ
करोडौँ प्रत्यक्षदर्शी छन् जसले भन्न सक्छन् मेरो देश निर्दोष छ भनेर ।
करोडौँ प्रमाण छन् मेरो देशको निर्दोषीको ,
तर पनि
न्याय पाएको छैन मेरो देशले ।
न्यायाधीश महोदय
कुन मितिमा मेरो देशले न्याय पाउँछ
कुन तरिकमा मेरो देशले न्याय पाउँछ
मेरो देशले न्याय पाउँछ कि नाइँ बनाइदिनुस् न ।
-Nikesh Sharma
Read more Nepali Poem:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

