शहिद र शालिक | Pratik Ghimire | Nepali Poem

हर दिन,
हर वखत,
हर प्रहर
म ठिङ्ग उभिएको हुन्छु
फगत स्वतन्त्रता बोकेर
पत्तो छैन,
म शहिद हुँ कि शालिक!
तिमीहरुको निम्ति-
मृत्यु केवल एक बाध्यता होला
मेरो निम्ति-
मृत्यु बाध्यताको विश्राम हो!
मलाई उकुसमुकुस हुन्छ
तिमीहरुको निरिह अनुहारमा,
चरम लापरबाही देखेर
किनकी,
स्वतन्त्रतामा बाध्यता कतै हुँदैन!
जब-जब
माघको महिना आउँछ,
मेरो सेरोफेरो भिड सल्बलाउँछ
सभा र सम्मेलनमा,
शालिक मुनि बसेर
शहिदको नाम फलाक्छ
तब-तब लाग्छ-
यो शालिक फोडेर आउँ,
झण्डाको कात्रो ओढेर आउँ
र लेखिदिउँ,
तिमीहरुको छातीमा-
“लाल गद्दार, खबरदार!”
“लाल गद्दार, खबरदार!”
Facebook Comments
I write—sometimes for myself—most of the time for others.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *