Nepali Poem | Swostik Dumre

Gender Equality
बिहान सबेरै उठी
झाडु पोंछा अनि दैलो पोती
डोको नाम्लो बोकी
जान्छिन् ऊनी खरबारी
लागएर त्यहीँ पुरानो
गुनियो र चोली
बासी भुटेको मकै
त्यही चोलीको गोजी भोरी
हतार हतार घाँस दाउरा गरी
फर्किन्छिन् घर ऊनी
गएर फेरि समाल्नु छ घर बारी
प्रतीक्षामा होलान् उनका छोराछोरी
स्कुल पठाउनु छ उनलाई फेरि
थकाइ निद्रा भोक दु:ख निराशामा पनि
मुस्कान छाइरहन्छ उनको मुहार भरी
आमा हुन् ऊनी मोरी
यस समाजकि एक पात्र
हुन् ऊनी एक सव्य नारी

Read More Nepali Poem:

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *