आकाशमा गर्जिएकाे मेग,
मनमा चढ्किएकाे वेग,
लामाे बखतकाे झरी,
उदाई देऊ आश,घाम झुल्के जसरी॥
मकैमा मकैकादानाकाे गयल,
लग्यो खेती आएर भेल,
एक एक दाना गरि,
पलाई देऊ पालुवा,पल्लबी पलाए जसरी ॥
गरीबीले भएकाे छ निर्लाम,
मजदुरी मैले गुमाए काम,
रित्तियाे धानकाे भकारी,
भरि देऊ,भकारी हे,ईश्वर नेताले घुस खाए जसरी ॥
चिरियाे चट्याङले पाषण,
भएन शान्तिले आशन,
विकृति मैलायाे कसरी,
आजभोलि जलिएकाे लास जसरी ॥
सपना जति बाफ बनेर ऊडे,
कटाक्षका टायरहरू मात्र गुडे,
भरि देऊ सास,लामाे सुस्केर सरि,
हावा नभएकाे टायरमा हावा भरिदिए जसरी ॥
Read More From Nibana Dahal:
मेरा प्रश्ननरहरूपले | Nepali Poem| Nibana Dahal [Offline Thinker] #1
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

