परिवर्तन | Nepali Poem | Sushmita Shrestha

Sushmita Shrestha

परिवर्तन | Sushmita Shrestha | Offline Thinker

तन छुनलाई आदेश दिने राजा मन रहेछ

कोक्रोदेखि चितासम्म चाहिने धन रहेछ
हाँस्ने रूने गतिविधि चलिरहन्छ सृष्टिमा
सिक्ने र सिकाउने प्रकिया नै जीवन रहेछ
ऊ मेरो हो भनेर घमण्ड गर्नुको के फाइदा
म उसकी हुँ भन्न सक्नु नै आफ्नोपन रहेछ
पैसाको लागि युवकले काट्न लगायो गरिबलाई
पछि हेर्दा अचानोमा आफ्नै बाऊको गर्धन रहेछ
गल्ती गरेपछि पछुताउनुको के अर्थ महोदय
थाहा पायो उसले समय त परिवर्तन रहेछ ।।
#सुस्मिता श्रेष्ठ
Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your secret writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *