हराएकी प्रेमिका – भाग २ | Bishnu Mijar

Bishnu Mijar

हराएकी प्रेमिका – भाग २ – Written by Bishnu Mijar

भाग एक पढ्नुहोस्ः हराएकी प्रेमिका

 

जिन्दगी कसरी अन्धकारतर्फ धकेलियो भनेर सम्झन्छु। एक्लिएको महशुस गर्छु आजकाल।

लकडाउन त छ तर अस्तिका दिनसम्म पुरै काठमाडौं सुनसान भए पनि उनको उपस्थितिले शुन्य लाग्दैन थियो। हिजोआज हरेक पल अशान्त भएको लाग्छ। लाग्छ मनमा चिसो झस्का पो पसेको छ कि!

यो ऋनि दिमागमा उनकै कुराहरु खेल्छन्। तर उनी जीवन सितै खेलेर हराइदिइ। आज कहाँ होली? के गर्दै होली?

यस्तै कुरा मनमा खेलाउँदै अफिसतर्फ हिड्दै थिए। बाटो सबै सुनसान। मेरो कार्यक्षेत्र नजिकै भएर बन्दाबन्दी भएता पनि अफिस जान मलाई भने गाह्रो थिएन। तर मनमा गाह्रो भइरहेको थियो। भारी भइरहेको थियो पोख्न नपाएको दुःखले।

आज पनि अफिस ढिला पुगेँ। ठूलो ढड्डामा हाजिर गरेँ। अनि आफ्नो कार्यकक्ष लागे। काम गर्न कुनै जोस छैन, जागर छैन, उत्साह छैन। केबल छ उनको याद मात्र।

उनको यादले पिरोलेर न कुनै काम राम्रोसंग भइरहेको थियो न त कतै पूर्ण ध्यान। अघिपछि म कार्यरत खेलकुद मन्त्रालयमा कामको चापले अत्याधिक भिड हुन्थ्यो। लकडाउनले मन्त्रालय पूरा खाली छ।

सधै सुनिने बेकार र बकवास प्रश्नहरु सुन्नै पर्दैनथ्थो। केहि सिफारिसका कागज हेर्नुपर्ने थियो। हेर्दा हेर्दै उनको यादमा डुबेको चाल नै पाइन। कागजलाई टोलाएको घण्टौ भइसकेको रहेछ। मलाई अत्तोपत्तो थिएन। शाखा अधिकृत सरले ‘बिष्णु जी?  हेल्लो बिष्णु जी?’ भनेर घच्घचाए पछी बल्ल झल्यास्स वर्तमानमा फर्केँ।

‘कता टोलाउनु भएको बिष्णु जी?’

‘होइन सर! कहाँ टोलाउनु र म।’ झूटो बोल्दै थिए म।

‘टोलाएको हो होइन त तपाईंको मुहारले प्रष्ट बताइरहेको छ नि! के भयो? समस्या भए बताउनुस्।’

सरको अनुरोधले मन खोलेर सबै दुःख पोख्न मन लाग्यो। तर सकिन। अर्कै निहु पारेर बरु उसलाई खोज्दै स्वास्थ्य मन्त्रालय जान्छु सोचेँ।

‘सर, अलि अलि टाउको दुःखेको र शरीर भारी भइरहेको छ। कोभिड पो हो कि झै लाग्दै छ

।’

 

‘चेकअप गर्नु भयो त? कहिलेदेखि यस्तो हुँदै छ?’

‘छैन सर। बरु म आज अलि छिटो निस्केर चेकअपका लागि जाउ कि?’

‘हुन्छ हुन्छ, जानुस्। रिपोर्ट के आउछ जानकारी गराउनु होला।’

 

हस भनेर म निस्किने तरखर गरेँ। मनमा केही भए पनि आशा जागेर आयो अब त उनलाई भेट्छु भन्ने। अफिसबाट निस्किएर माइतिघर अगाडि पुगेँ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ मोडिए।  मन केही खुसीले फुरुङ्ग भएको थियो। मनमा एउटै मात्रै प्रश्न घुमिरहेको थियो किन मलाई बिर्सिदै छिन् अनि किन मबाट एक्कासी टाढिएकी होला?

मन्त्रालय पुगेर विशेष काम छ भन्दै कार्ड देखाएर सिधै सोधपुछ शाखा गएँ। त्यहाँ एक जना म्याडम हुनुहुन्थ्यो।

‘नमस्कार म्याम। म बिष्णु। रिमा म्याम हुनुहुन्छ?’ कतिपछि उनको नाम आफ्नै ओठबाट जपेको थिएँ।

‘नमस्कार सर। के काम थियो सर? रिमा शर्मालाई खोज्नुभएको?’

‘होइन! रिमा पौडेल।’

‘उहाँ त अनुपस्थित भएको धेरै भइसक्यो ?’

‘किन? कुनै कारण होला नि म्याम?’

‘खै त्यो चाहि थाहा भएन। छुट्टी लिनुभएको नि होइन फेरि।’

‘ए। हस्।’ यहि भनेर म फर्किएँ।

जुन आशाका साथ झूठो बोली बोली आएको थिए बेकाम भयो। मन फेरि निराश भयो।

हिड्दै घरतिर लागेँ।

हाम्रो भेट कसरी भएको थियो भनेर सम्झिँदै पाइला टेक्दै गएँ। मैले उनलाई चिनेको धेरै समय भइसकेको रहेछ। जब मैले जागिर खान सुरु गरेको थिएँ त्यही खेरबाट हो उनलाई चिनेको। केहि समय अघि मात्र उनी मेरो जीवनमा प्रेमीको रुपमा आएकी हुन्। तर अहिले उनसित सम्पर्क बिच्छेद हुँदा साह्रै खल्लो लागिरहेको छ।

उनले पठाउने मेसेजको याद आइरहेको छ। उनको जवाफको प्रतिक्षामा राति अबेरसम्म अनलाइन बसेको सम्झिरहेको छु। केहि समय यता उसको मेसेज नआए पनि आफूले भने दिनकै मेसेज पठाइरहेको छु। हरेक दिनको मेसेजमा म मात्रै बोलिरहेको छु। उनले हेरेकी पनि छैन। उसलाई थाहा पनि छैन होला मैले सधै यसरी मेसेज पठाएको कुरा। सेकेण्डहरु मिनेटमा, मिनेटहरु घण्टामा र घण्टाहरु दिनहरुमा बद्लिदै गए तर उसको रिप्लाइ अझै आएन।

बस स्टेसनमा घडि हेर्दै बस पर्खिदा मन जति बेचैन हुन्छ नि? त्यो भन्दा बेचैन थिएँ म उनको जवाफ पर्खिँदा। कहिले ‘उनी मेरो हो नै को र जवाफ फर्काउनलाई’ भनेर मनलाई भुलाउन खोज्थेँ। कहिले एक्कासी बेपत्ता हुनेले मेरो जीवनमा प्रवेश नै किन गरिन भनेर दुःखी हुन्थे।

अब त हप्तौ भइसकेको थियो उसँग मेरो कुराकानी नभएको। मैले भने उसको प्रोफाइल चेक नगरेको दिन छैन। उही रातो कुर्ता अनि आँखा ल्योभ्याउने गरी अघिल्तिर छोडेको सिल्की कपाल छ उसको प्रोफाइल। अनि मन्द मुस्कान सहितको सुनौलो अनुहारले मलाई नै हेरेको लाग्छ। त्यो तस्बिर मेरो लागि छट्पटाहट बनिसकेको थियो। नहरौँ मनले मान्दैन, हेरौ फोटो मात्रै हो कति हेर्नु।

मलाई त भिडियोमा भए पनि उसलाई भेट्नु थियो। तर उनी न भिडियोमा आइन, न म्यासेन्जरमा। रंगिन फेसबुकको वाल पनि सादा लाग्दै थियो दिन प्रति दिन।

मेरा दिनहरु पनि फेसबुक वाल जस्तै सादा हुँदै थिए। अफिसबाट घर, घरबाट अफिस। केहि नौलो हुँदैन थियो। आधा छुट्टी दिए पनि घर जान मन लाग्दैन थियो। अनि एक्लै माइतिघर डुल्थेँ। सुनसान चारै तिर।

प्रहरी दाइहरु फाटफुट आइरहेका सवारीसाधन चेक गर्न व्यस्त। अन्य केहि बिनाकाम हावा खान हिडेकालाई उठबस गराउन र सचेत बनाउदै व्यस्त। म अफिसको पहिरनमा भएर मात्र हो नभए मलाई पनि उहिले डाकी सक्थे जेलमा।

त्यसरी एक्लै डुल्दै, लकडाउनको पालना नगर्दै म बबरमहल हुँदै बानेश्वर पुँगे। अनि बानेश्वरको गल्ली हुँदै बिस्तारै रुम तिर। शरीर भोको थियो। ज्यान थाकिसकेको होला। खाना पकाउने जागर चलेन। टेबुलमा चाउचाउ देखेँ र त्यहि उमालेर खाए ।

फेरि मोबाइल खोलेँ। अह! केहि नयाँ मेसेज आएको थिएन। फोन गरि हेरेँ। आज नि स्विचअफ। फोन आइ पो हाल्छ कि भन्ने आशा नै आशामा जिन्दगी अगाडि बढ्दै थियो। यति चाँडै उनलाई विर्सन संभव नि थिएन। कारण नि थिएन बिर्सन। किन भुल्नु केहि दिन कुरा नहुँदैमा जस्तो लाग्यो।

सोचेँ आज नभए भोलि, एक न एक दिन त कसो मोबाइल नहेर्लिन। त्यहि सोचेर फेरि फोन झिकेँ र मनमा लागेको कुरासहित अन्तिम म्यासेज गर्छु भनेर टाइप गर्न बसेँ।

‘तिमीसँग कहिले भेट हुने मौका जुरेन मेरो। भेट्ने तर्खर हुनै लाग्दा बन्दाबन्दीले सब चकनाचुर बनाइदियो। तर पनि हाम्रो फोनमा कुरा हुन्थ्यो। तिमीसित कुरा सकेर तिम्रो प्रोफाइल हेर्थेँ। तिम्रो मोनालिशा जस्तै देखिने कोलन, मायालु अनुहारमा म दिन दिनै डुब्दै गएको थिए। सादय तिमीलाई मोनालिसा दाँजेको भएर तिमीले आज रिसमा यसको गरेको हुनसक्छ। तर यत्रो रिस किन नि?’

एक पटकमा यति पठाएर फेरि लेख्न थालेँ।

‘तिमीसँग बिताएको अमूल्य समय मेरो हृदयको पानपाते पानामा स्मृतिको कलमले कहिल्यै नमेटिने गरी राखेको छु । तिमी मेरो लागि त्यहि अमूल्य छौ। तिम्रो सुन्दरताको व्याख्या न लेखाइमा न तस्बिरमा उतार्न सकिन। तिमी त त्यो भाव हौ जसलाई कवितामा नि लेख्न सकिन्न। अझै पनि मलाई मायाको किनारै किनारमा स्मृतिका पत्रहरु छर्दै तिमीसामु आइपुग्न अनि तिम्रै वरिपरि बसेर ग्रन्थ लेख्न मन लाग्छ । जहाँ हाम्रो सत्यकथाको महिमा वर्णन गरिएको हुन्छ। बिडम्बना! तिमी कता हरायौ कता। सायद अब त्यो केबल सपनामा मात्र साकार होला।’

मसेज पठाउन सेन्ड थिच्दै के थिए नाम नभएको नौलो नम्बरबाट मोबाइलमा फोन आयो। रिमालाई पठाइरहेको मेसेज त्यो अननोन नम्बरले गर्दा सेन्ड हुन नपाउँदै डिलिट भएछ। रिसको झोकमा त्यो फोन काटी दिएँ। ब्लक लिस्टमा राख्नै आटेको थिए मेसेज आयो, ‘फोन उठाउनुस् अर्जेन्ट छ।’

‘अर्जेन्ट?’ म अड्किए।

फेरि फोन आयो। त्यही नम्बरबाट। अर्जेन्ट लेखेको भएर उठाएँ।

‘हेल्लो?’

‘तपाई कहाँ हुनुहुन्छ?’ आवाज आत्तिएको सुनिन्थ्यो।

‘काठमाडौमा। आफ्नै कोठामा छु। हजुर को होला?’

‘म रिमाको बहिनी। दिदी हजुरसँग भेट्न खोज्दै हुनुहुन्छ।’

रिमाको नाम सुन्नुसाथ मेरो कान चनाखो भयो।

‘कता छ रिमा? म आइहालेँ।’

‘निजामती कर्मचारी हस्पिटल, बानेश्वर…… हेल्लो…हेल्….’ फोन काटियो।

 

Also Read:

पागल बाबु छोरा | Written by Secret Thinker

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your secret writings at connect.offlinethinker@gmail.com with hashtag #secretthinker and your writing will be published anonymously.

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *