यो देश बन्दैन | Nepali Poem | मन कुमार जुग्जाली

nepali poem
म त शून्यताका साथ देख्छु
म त मौनताका साथ भन्छु
यो देश बन्दैन
किनकी यो देशमा
रविलाई रुवाइएको छ
राक्षसलाई हँसाइएको छ ।
महावीरलाई महामूर्ख बनाइएको छ
कुलमानलाई कुहाउन खोजिएको छ
कुलङ्गारलाई खै किन  रोजिएको छ?
शिष्टचार रुँदै कुर्लिएको छ
भ्रष्टाचार रमाउँँदै उर्लिएको छ
न्यायभन्दा अन्याय माथि छ
भ्रष्टाचारी सरकारको साथी छ
त्यसैले यो देश बन्दैन ।
कहिले दुई तिहाइको प्रधानमन्त्री जी
कहिले फुई तिहाइको बिडारिजी
गरीबलाई आलोपालो हँसाउछन्
सत्ता भेना-सालो
आलोपालो चलाउँछ ।
पापी कालाहरु लुट्न मै व्यस्त छन्
लोभी सालाहरु धुत्नमै मस्त छन्
त्यसैले नेपाल आमा
सिंह र भालु जस्ता हैन
जुठे र कालु जस्ता
वर्षे झरीमा पनि रुझ्ने छोरा देऊ
तिम्रो गरिमा पनि बुझ्ने छोरा देऊ
हुँडार जस्ता गद्दार  छोरा
गर्वमै तुहाइदेऊ ।।।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *