पौराणिक प्रेम | Márcia Batista Ramos

Márcia Batista Ramos

कागजका ती पानाहरू

जहाँ तिमीले लेखेका थियौ

तिनै रेखाहरूको बीचमा

तिम्रो अनेकौ भावनाहरू

हाम्रो प्रेम बसेको अनि आँसुमा डुबेको

एक अर्काको स्पर्स बिनाका ती पलहरू

छातीमा मैले आफ्ना कथाहरू लुकाएर राखेको छु

जब लाइटहाउसबाट तिम्रोतर्फ

मेरा पाइलाहरू प्रकाशित भए

तर पनि हाम्रा हातका रेखाहरू गासिएनन्

यो निरंकुश अनि क्रूर समयमा

मेरो आकाशका मडारिएको कालो बादलहरू

यो रातको मौन चन्द्रमामा

मैले तिमीलाई खोजिरहे

त्यो असीम दूरी अनि गहिरो पीडा

हाम्रो जस्तो प्रेम जुन जुनी जुनीको लागि थियो

तर आज यसको केही अस्तित्व रहेन

म मेरो दु:ख लुकाउँछु

म आशा गर्दछु तिमीले मलाई बिर्सेको छैनौ।

म आज निराश छु

जीवनमा  अरू केहि पनि छैन

म मात्र तिम्रा कविताहरू कोर्ने गर्दछु

 

मेरो कथाले

सबै आफन्त गुमाए

म जन्मनु भन्दा पहिले

हजुरआमा एन्टोनेट

हजुरआमा नेग्रीटा

हजुरबुबा सेसारीयो

हजुरआमा लियोन्टीना

हजुरबुवा इग्नेसियो

काकी

भतिजा

आज मात्र म बाचेको छु

मन भित्र भित्रै मरेर

Translated by Sandesh Ghimire 

 

 

Read More From Márcia Batista Ramos

Legendary love | Márcia Batista Ramos

 

 

 

 

 

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *