Nepali Poem | तिमी | Prashant Paudel

Prashant Paudel

मेरो आशा, मेरो भरोसा तिमी
बाच्ने सहारा, जिउने आधार तिमी
मेरो मनको मान्छे, सामीप्यमा तिमी
मेरो पर्खाइमा तिमी, मेरो हेराइमा तिमी

प्रत्येक सोचमा तिमी, नदिको गहिर्‍याईमा तिमी
मुटुको धड्कनमा तिमी, प्रत्येक सासमा तिमी
मेरो कबिताको प्रत्येक अंशमा तिमी
अनि मलाई कबिता लेख्न सिकाउने पनि तिमी

कबिता बनि, कहिने नदि बनी
कहिले सागर बनी, त कहिले सुर्यको प्रकाश
अनि कहिले त्यो निलो आकाश बनी
सोच्न सिकाउने तिमी, मेरो प्रेरणा तिमी

मेरो आँसुमा तिमि, मेरो हाँसोमा तिमी
मेरो वाक्य को प्रत्यक शब्दमा तिमी
‘तिमी’ शब्द नै मेरो लागि यति प्रिय छ कि
प्रत्येक पटक दोहोर्‍याउँदा पनि तिमी नै तिमी

 

 

 

 

 

 

Read More Nepali Poem:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *