डुबुल्की | Bimal Kishore Shrivastwa [Offline Thinker]

डुबुल्की

हिजोअस्ति जस्तै लाग्छ

कोसी नदीमा डुबल्की मारे पछि,

बलौटे किनारमा घाम ताप्दै

नियाल्दा भन्थे दाजु, काका, हजुरबाहरुले

‘भाई रमाईलो गर’।

निलगगन, निर, ढुङा र पहाडहरु जस्तै

अल्लारे मलाई ठिटीहरुले पनि मस्की मस्की हेर्ने गर्थे।

आजफेरी

सप्तकोसी नदीमा पौडी खेले पश्चात

घमाइलो किनार नियाल्दै मात्र के थिए,

‘अंकल रमाईलो गर्या’ भन्दिए

भाई, भातिज , ठिटीहरुले।

हे गगन, निर, ढुङा र पहाडहरु,

तिमीहरुले अड्चालिस बसन्तहरु काटेका छैनौ र ?

फेरी तिमीहरुमा जस्तै तरुण मबाट कसरी हरायो ?

-बिमल किसोर श्रीवास्तव

(उप-प्राध्यापक, स्नात्तकोत्तर क्याम्पस, विराटनगर)

You May Also Like:

The New Wife | English Poem by Bimal Kishore Shrivastwa -[Offline Thinker]

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *