माइ फरएभर भ्यालेन्टाइन… | My Forever Valentine | Rashmishree Singh

Rashmishree Singh

माइ फरएभर भ्यालेन्टाइन… My Forever Valentine

ओहो! अफिसबाट फर्किन साह्रै ढिला भएछ। रुमअगाडी पुग्नासाथ मष्तिस्कमा ठोक्किएको पहिलो वाक्य। घर पुग्दा साढे छ बजिसकेको थियो ।

बैँकका कर्मचारी प्राय ढिलै घर पुग्छन्। अझ महिनाको सुरु र अन्तिम दिन त घर चाँडो पुग्छु भनेर नसोच्दा नि हुन्छ। छुट्टी पाउन नि निकै गार्‍हो। झन आज बैँकमा निकै काम भयो। खैयर!

चिसो महिना त्यसमाथि दिनभरको थकान अनि भोक, उफ्!! सुइले जस्तै घोच्ने चिसो पानी छुँदै जसोतसो मुख धोएर फ्रेस भएँ। अनि? अनि हरेक दिन झै मोबाइल चलाउँदै ओछ्यानमा पल्टेँ। केहि बेर घरमा बाबामामुसित कलमा कुरा गर्न थालेँ। कुरा गर्दै किचेनतिर लागेँ।

दुई दिन यता अफिसको धपेडीले खाना पकाउने जाँगर चलेकै थिएन। तर पेटलाई खुराक नदिइ निन्द्रै परे पो! मोबाइल छेउमा राख्दै भात बसालेँ। अर्को चुलोमा कराही बसालेँ।

एक्लैको खाना पकाउन कति सास्ती हुन्छ भनेर परिवारमा बस्नेलाई के थाहा?

‘हरियो खुर्सानी, प्याज, आलु र काउली काट्दै कराहीमा हाल्दै गर।’ फोनमा आमाले तरकारी पकाउन मद्दत गर्दै हुनुहुन्थ्यो। भने जस्तै गर्दै गए। सिलौटामा मलाई मनपर्ने धनियाँ र गोलभेडाको अचार पनि तयार पारेँ। यता छिनभरमै खाना पाक्यो उता बाबामामुसँग मनका कुरा साटेर भ्याएँ। सन्चोबिसन्चोदेखि गाउँघरका कुरा सबै गरियो।

‘मामु अब म खाना खान्छु है। तपाईंहरु नि तातो तातो खाएर सुत्नु।’ भोलि फेरि कुरा गर्ने वाचा गर्दै कल काटेँ।

दुनियाँमा खाना जति आनन्द कतै नभेटिएला भन्दै ग्वाम-ग्वाम खाएँ। भोकले रन्थनिएको पेटलाई बल्ल केहि राहत भयो होला। अर्को बिहानै खाइवरी अफिस जानु थियो। त्यसैले आधा काम सकाइदिन्छु भनेर फटाफट भाँडा मस्काएर किचेन चिटिक्क पारेँ। बिहान सजिलो हुन्छ भनेर मात्र हो यति राति जाँगर चलेको खासमा। नभए त भाँडा थन्काएर पल्टिसक्ने थिए।

काम सकिवरि ओछ्यानभित्र पसेँ। यो भन्दा प्रिय जिन्दगीमा अरु केही नहोला मेरो लागि। सिरानीलाई भित्तातिर सोझ्याएर ब्ल्याङ्केट ओढ्दै मोबाइल समातेकी के थिएँ फोनमा घण्टी बजिहाल्यो- माइ फरएभरको कल रहेछ। क्या टाइमिङ उनको पनि….

फोन उठाउँदै हेल्लो हजुर भनेँ…

उनी: कता छौ कान्छु

म: अफ कोर्स , रुममा छु नि । 

उनी: ओके! गेट रेडी देन । आइ विल पिक यु इन अबाउट हाल्फ एन आवर।

 म: लौ, डिनरको लागि हो भने चाहिँ क्यान्सल गर्दा हुन्छ। भर्खरै खाना खाएर बेडमा छु।

 उनी: नो-नो, इट्स अ सर्प्राइज फर यु।

म त एकछिन छक्क परेँ।

मलाई सर्प्राइज खासै मन पर्दैन भन्ने कुरा त उनलाई थाहै छ। फेरि आज कस्तो सर्प्राइजको कुर गरे उनले?

म: मलाई लास्टै निन्द्रा ला’को छ आज। आइ एम लिट्रली टायर्ड।

उनी: आजको सर्प्राइज मिस गर्यौ भने यु विल रिग्रेट है।

म: ओके ओके ! क्याजुअल ड्रेस मै बसम् कि मेहनत गरेर तया हुनु पर्छ?

उनी: रातो गाउन लगाउ। तिमीमाथि एकदमै पर्फेक्ट देखिन्छ अनि रातो चेरी सेड्सको लिप्स्टिक लाउन नबिर्स है(हाँस्दै भने)

म: एनि अदर थिङ्स? केहि अरु छ भने भनि हाल है!

उनी: नो बेब, आधाघण्टाभित्र गेट रेडी लाइक माइ क्वीन है। 

म: हस्।

‘माइ फरएभर’ अर्थात् मेरो देव मानन्धर। मेरो निकै प्रिय मान्छे।

हुन त खाना खाइसकेपछी छिनकै लागि भए नि हामी कलमा व्यस्त हुन्थ्यौँ। दुबैजनाको कामले खासै फुर्सद नहुने भएर कहिलेकाहीँ दस मिनेट कुरा गर्न नि निकै हाम्ये हुने। उनी चाहिँ चितवनको सेन्चुरी बैँकमा ब्रान्च  म्यानेजर अनि म ललितपुरको मानभवनस्थित कुमारी बैँककी म्यानेजर।

चितवन जानुभन्दा अगाडि उनी हेड अफिसमै थिए। त्यतिबेला यस्तो समयको अभाव हुदैन थियो। उनी चितवन गएदेखि भने कहिलेकाही मात्र हो हाम्रो भेट हुने। त्यहिकारण निन्द्रा वा अल्छी लागेता पनि म नाइँ भन्न सक्दिन उनको कुनै प्रस्ताबलाई।

हिजो एकछिन कुरा हुँदा उनीहरुको आज बेलुका पार्टी र भोलि ठूलो कन्फ्रेन्स छ भन्ने कुरा थियो। उनले मलाई पनि पार्टीमै लाने हुन् कि? म फेरि सित्तिमित्ति नयाँ मान्छेसित घुलमिल हुन रुचाउन्न र सक्दिन। पार्टीहरु नि मनपर्दैन मलाई।

उ भने पार्टी भन्ने बित्तिकै हुरुक्कै हुने मान्छे। पार्टी छोडेरै मेरो लागि सर्प्राइजको प्लान गरेका छन् भन्ने कुरा सोचेरै अचम्मित थिएँ।

मनमा उनकै बारेमा कुरा खेलाउँदै तयार हुँदै थिएँ म।

रेड गाउनमा कालो मोती भएको नेक्लेस अनि त्यस्कै सेट इयररिङ्स लगाएँ। अगाडिको कपाललाई पछाडि तानेर हलुका हुनेगरी हेयरक्लिप लाएँ। कोल्ड क्रिम, आइ लाइनर अनि त्यसपछी उनले भनेझैं रेड चेरी सेड्सको लिप्स्टिक।

ओ! आइ एम लुकिङ सो पर्फेक्ट।’ ऐनामा हेर्दै आफ्नो तारिफ आफैँ गर्दै मुसुक्क मुस्कुराएँ म।

रेडी भएर देवलाई कल गरेँ।

‘तिमी तल ओर्लदै गर प्रिया, म पाँच मिनेटमा त्यहाँ आइपुग्छु’ देवले यति भनेपछि मैले हस्  भन्दै हिल लाएर कोठाबाट बाहिरिए। ताल्चा लाएँ। पर्स र मोबाइल हातमै बोकी भर्र्याङ् ओर्लिए।

माथिबाट कालो ज्याकेट लाएर मेन गेटमा देवलाई कुर्दै थिए म। त्यतिकैमा परैबाट एउटा कारमा नजर पर्यो मेरो। पक्कै देव हुनपर्छ भन्दै मनमनै सोच्दै के थिए सो कार मेरै अगाडिबाट घुमेर एकसाइड लायो।

कारको हेडलाइट अन नै थियो। कारको नम्बरले मैले उसको कार चिनिसकेकी थिएँ। देव नै हुनुपर्छ भनेर ढुक्क थिएँ। नभन्दै कारबाट देव बाहिरियो। उनी फर्मल ड्रेसमा थिए। फर्मल ड्रेस भनेपछि म चाहि फुरुङै हुन्छ।

‘लाइट ब्लु सर्ट, हल्का गाढा कोट-पाइन्ट विथ ब्लु कलरमा अलि-अलि स्टार सेपको डट भएको टाइ, वाउ!  यु आर लूकिङ भेरी ह्यान्डसम माइ देव’ मैले दिल खोलेर उसको तारिफ गरेँ।

तर उनको केही रेस्पोन्स आएन। म त छक्कै परेँ। अर्को कुरा उनले मेरो नि तारिफ गरेनन्। यो मेरो लागि धेरै नौलो कुरा थियो किनभने सबभन्दा पहिला उनी मेरो कुरालाई कहिल्यै नि नेग्लेक्ट गर्दैनन्। आज कलमा त्यत्रो सर्पाइज भनेर खुशी भएरै कुरा गरिराखेको मान्छेको ओठमा हाँसो नि छैन अहिले भेट्दा।

‘कम विथ मी’ भन्दै उनले मेरो हात समाएर कारतिर लगे। देवले जोडसित हात समातेपछि मैले नम्र स्वरमा भने, ‘यु आर हर्टिङ मी देव।’

त्यतिकैमा उनले ड्राइभर साइडको ढोका खोल्यो र बस्न आग्रह गर्यो। कारभित्र बसेपछी उनले आफैँ कारको ढोका बन्द गरिदिए। अनि आफू चाहिँ मेरै छेउको ड्राइभर सीटमा बसे।

उनको त्यो रवैया देख्दा म अक्क न बक्क थिएँ। एकछिन केही बोलिन। देवले केही भन्लान् कि भनेको त उनले न त एकचोटि मतिर हेर्यो न त केही कुरा गर्ने तर्खर राख्यो। यस्तो मजाको मान्छेलाई एकैछिनमा के भयो भन्दै सोचिरहेकी थिएँ म।

म नै केही बोलम् कि जस्तो भयो…

म: हामी कता जाने हो अहिले? (घडी हेर्दै सोधेँ)ओहो ! दस बज्नै लागेछ नि। फेरि भोलि अफिस चाँडै जानुपर्छ। तिमीले के प्लान बनाको छौ नि कान्छु? त्यो भन न बरु।

एकदमै मायालु स्वरमा सोधेको मेरो प्रश्नको कुनै जवाफ आएन। मेरोलागि त यहि एउटा सरप्राइज थियो । बिस्तारै लाग्दै गरेको निन्द्रा नि गायव भइसकेथियो मेरो। अनि अब म केही बोल्दिन भनेर चुप लागेर बसेँ। बल्ल देवले केहि बोल्ने जमर्को गर्यो।

देव: लुक प्रिया, यु थिङ्क आइ एम फूल ओर व्हाट?

उसको यस्तो वाक्य सुनेर म फेरि छक्क परेँ।

म: देव, तिमी ठीक त छौ नि?

ड्रिङ्क्स मनपराउने मान्छेले आज ड्रीङ्क्स गरेको थिएन। फेरि मसित ड्राइभमा हुँदा एकदमै कन्सियस भएर बस्ने मान्छे। आज के नचाहिँदो कुरा गर्या हो भनेर सोच्न थालेँ म।

देव: प्रिया, के भएको छ आजकल तिमीलाई? न कुनै कल, न कुनै मेसेज; व्हाटस् गोइङ अन?

म: (उतिर हेर्दै) खै ! एकचोटी यो प्रश्न सोध्नेको थोप्डा हेरम् त? (उनलाई शान्त बनाउन जिस्किदै भने)

देव: म ड्राइभ गरिराछु। कान्ट यु सि इट?( उताबाट कर्के बोलीसाथ ठोडो जवाफ आयो)

म: हामी प्राय जसो कुरा गरिरहेका नै हुन्छौँ नि देव। हो कहिलेकाही कामको प्रेसर हुन्छ, भयाइनभ्याइ भएको बेला हामी आरामले म्यानेज गरिरहेका नि हुन्छौँ।

देव: नो प्रिया, अब तिमीमा ममाथिको इन्ट्रस्ट हरायो।

म: आर यु सिरियस?

देव: यस्, आइ एम।

म: म पनि सिरियस नै छु त; म के भनम् अब तिमीलाई?

देव: अब हामी एकअर्कालाई एकदमै कम समय दिन थालेका छौँ। तिमी काठमाडौ अनि म चितवन। भेटघाट र बोलचाल नि निकै नै कम हुन्छ।

म: अनि?

देव: खासमा मलाई चितवनमा एकजना मनपरेको छ। आइ वान्न बी विथ हर्।

स्नातक तहदेखिको हाम्रो गहिरो मित्रता र प्रेम थियो। सँगै ठूलाठूला सपना सजाएका थियौँ। त्यत्रो वर्षको प्रेम एकछिनमै चकनाचुर भइरहेको देख्दा मेरो मुटुको धड्कनले धड्किन हिच्किचाइरहेको थियो। मैले परिस्थिति सम्हाल्ने र बुझ्न कोसिस गर्दै थिएँ।

म:(रिस उठेकै झोँकमा भन्न पुगेँ) म कुरा गर्दिम् कि गरिसक्यौ?

देव: कुरा त भइसक्यो, मन पनि मिलिसक्यो, तिमीलाई भन्न मात्र बाँकी थियो।

म: सबै मिलोमतो भइसकेको हो भने मेरो के काम? दुल्हा-दुल्हन राजी तो क्या करेगा काजी? अनि यहि हो तिम्रो सरप्राइज? अझ मलाई मनपर्ने सरप्राइज रे!

देव: त्यसै नि हामी दुरीले टाढिएका छौँ क्यारे। कतै न कतै मनबाट नि टाढिएका छौँ । तिमीलाई किन बेकारको बन्धनमा राख्नु भनेर आज मनको कुरा साटिहालेँ। तिमी खुशी हुन्छौ जस्तो लागेको थियो।

म: ल ठिक छ। मन नै मिलीसकेको छ भने मैले केही भन्नै मिलेन । बरु मलाई चाँडै रुम छोड्देउ अब, भोलि अफिस नि जानु छ अनि थकाइ नि लागेको छ।

आफ्नो आँसु कतिबेला आँखाबाट फुत्केलाझैँ भइसकेको थियो। ह्या! बरु रुममा गएर आरामले रोइदिन्छु भनेर रुम छोडीदिन ढिपी गर्दै थिए देव बोलिहाल्यो…

देव: ल ओर्ल अब 

म: ओके..

म बाहिर ओर्लिएँ ।

सधैँ मेरो साइडको ढोका खोलेर आफ्नो हात दिदैँ ओराल्ने मान्छेको आज रवैया हेर्न लायकको थियो।

म: ओहो! बाहिर कति चिसो?(मुखबाट यी शब्द फुत्किहाल्यो।

देव: भित्र कारमा ए.सी. चलिरहेको थियो। बाहिर निस्केसी चिसो भइहाल्छ नि। (फेरि त्यही छुच्चे बोली)

कालो ज्याकेट राम्ररी लगाएर ब्याग बोकी उभिरहे। देव भने गाडी पार्क गर्न गइसकेछ।

तबसम्म म अगाडिपछाडीको ठाउँ नियाल्दै थिए तर कहाँ छु ठम्याउन सकिन। साइडमा बोर्ड देखेँ। बल्ल थाहा पाएँ हामी कुरा गर्दा गर्दै किर्तिपुर पो आइपुगिसकेको रहेछौ। कुपोन्डोलबाट कीर्तिपुरको यो यात्रा निकै यादगार हुनेछ भविष्यमा भनेर मनमनै कुरा खेलाउँदै थिएँ। हामी धेरैजसो भेट्ने ठाउँ भनेको कुपोन्डोल, माइतीघर, पुतलीसडक तिरै हुने गर्थ्यो । यति टाढा किन ल्याएको होला भइरहेको थियो। त्यतिकैमा देव आइपुग्यो।

म: होइन, आज किर्तिपुरतिर अनि अझ यति बेला

देव: चितवनको जुन केटीको कुरा गरेकी थिएँ नि? हो उनी पनि आएकी छिन्। भेटाउन ल्याएकी तिमीलाई।

म: छ्या! मलाई यहि दिन देख्न बाँकी थियो अब? ल ल तिम्रो यो इच्छा नि पूरा गर्दिन्छु बरु चाँडो हिँड मलाई फर्किनु नि छ यति टाढा आइपछि।

रातिको साढे दस बजिसकेको थियो । देवले घरको मुल ढोका घचेड्यो। उनी अघिअघि म पछी पछी। उनलाई पछ्याउँदै म तेस्रो तल्लासम्म पुगेँ। त्यहाँ जालीवाला ढोका थियो। त्यो खोले त्यसपछी भित्रपट्टी अर्को ढोका रहेछ। ढोका खोल्दै हामीभित्र पस्यौँ। कोठा पूर्ण अँध्यारो थियो।

म: तिमीलाई थाहा छ होइन देव कि मलाई अँध्यारोदेखि एकदमै डर लाग्छ। बरु अरु कुरा छोड चाँडो बत्ति अन गर।

मैले आफ्नो मोबाइलको टर्च अन गर्न लागेकी थिएँ। तर देवले सो टर्च अन गर्न नदिइ मेरो हात समायो र आउ यता भन्दै अँध्यारोमा डोर्यायो। म ठूलो हलमा छु जस्तो लागिरहेको थियो।

म: अब त बत्ती अन गर। मलाई रिँगटा लागिसक्यो। बरु मोबाइल देउ त्यसको टर्च भएनि अन गर अब त । (आँखा चिम्लिदै देवमाथि कराएँ)

त्यतिकैमा लाइट अन भयो । रुमभरी हाँसोको गुन्जन मात्र थियो। मैले आफ्नो आँखा खोले ।

पर्पल र ह्वाइट कलरको पर्फेक्ट कम्बिनेसनमा त्यो हल रङ्गिएको थियो । चारैतिर फ्यान्सी लाइट , हलको बीचमा झुमर लाइट । एकसाइडमा ठूलो वार्ड्रोब ,त्यही वार्ड्रोबको साइडमा स्पिकर, भित्तामा टिभी अनि चारैतिरको स्पेसमा सोफा र ग्लासको लामो टेबल। हेर्न लायकको हल थियो। अझ दुईतिर झ्याल र झ्यालको पर्दा नि पर्पल कलर। त्यहाँ पुग्नासाथ मलाई भिन्नै आनन्दको अनुभूति भयो। त्यति मात्र कहाँ हो र बीचको हलको एरिया सबै बेलुनले ढाकिएको थियो। वालमा वेलकम होम प्रिया भन्ने स्टिकर टाँसिएको थियो । मैले त्यहाँको माहोल नै बुझ्न सकिन। अझ अंकल-आन्टी, दिदी-भिनाजु सबै जना सोफाबाट उठेर मतिर हेर्दै हाँसिरहेका थिए।

उता देव पो छुट्टै आनन्द लिँदै रहेछ। जो मान्छे बाटोभरी मसित राम्ररी बोल्दा पनि बोलेनन् उ पनि पेट मिचीमिची हाँस्दै थियो। के भइरहेछ भनेर ठम्याउन नसकेर मेरो आँखाबाट आफैँ आँसु आउन थाल्यो। ती खुशीका आँसु थियो या अचम्मको पत्तै भएन।

त्यतिकैमा देव म नजिकै आइपुग्यो। मलाई अङ्कमाल गर्दै भन्यो, ‘अरे..रे!! ह्वाइ आर यु क्राइङ प्रिया?’ मेरो रुन्ची अनुहार सबैबाट लुकाउन खोज्दै थियो उ।

देव: डोन्ट क्राइ कान्छु, अघिको सबै मजाक थियो। आइ एम रिअल्ली भेरी भेरी सरी ।

ओके लुक एयाट मी भन्दै रुमालले आँसु पुछ्दिन थाल्यो। अङ्कल-आन्टी नि मतिरै आउनुभयो।

मैले ‘ढोग अङ्कल, ढोग अन्टी’ भनी शिर निहुराएँ। दुबैजनाले आशिर्वाद दिनुभयो र मलाई अँगाल्नुभयो।

उताबाट दिदी भिनाजु नि आउनुभयो। दुबैजनालाई नमस्ते गरेँ। दिदीसित त पहिलेबाटै भेट्दा अँगालो मार्थ्यौँ। आज नि अंगालो हालेँ। बल्लो सास फेर्दै सबैजना सोफामा गएर बस्यौँ । आन्टी, म र देव एकातिर अनि दिदी-भिनाजु र अङ्कल अर्कोतिर।

अङ्कल: हाउ र यु छोरी ?

म: सन्चै छु अङ्कल। हजुरको के छ खबर नि ?

अन्टी: तिम्रो अङकल लगायत सबैजना एकदमै सन्चै छौँ ।

दिदी: आज देवले तिमीलाई एकदमै सतायो नि है ? (हाँस्दै) 

म: (देवतिर हेर्दै) झन्डै कारमै आँसु खस्न लागेको थियो । ( एकछिन म चुप लागेँ अनि अर्को सोचमा पुगेँ) वेट वेट , तपाईंहरुलाई कसरी थाहा भयो यो कुरा ?

 भिनाजु: (हाँस्दै) देवको मोबाइल चेक गर त नानु । 

 म: ( देवतिर कर्के नजरले हेर्दै ) खोइ मोबाइल देउ खुरुक्क लाएर 

देवले पनि मोबाइल फटाफट खल्तीबाट झिकेर हातमा दिए ।

 भिनाजु :- कल लगमा जाउ अनि फर्स्ट नम्बर हेर त 

 म : ( त्यहाँ मामुलाई कल गरिएको रहेछ ) म आश्चर्य हुँदै, भनेसी सबैजनाको मिलीभगत रहेछ । हे प्रभु 

 देव :- आइ एम सरी है बट तिम्रो फेस हेर्नलायक थियो प्रिया ( हाँस्दै )

 देव फेरि एकदमै हँसिलो, मायालु र केयर गर्ने स्वभावको तर मौका पाएपछी त मसित नोकझोँक गर्न कहिल्यै पछि नहट्ने मान्छे । 

म :- (अन्टीलाई कम्प्लेन गर्दै) आन्टी यसरी भएन नि । देवलाई केही भन्नु न ।

 आन्टी :- उम् त नि, दिन बित्दै गइरहेको छ अनि देवको यो बानी पनि । छोरा यसरी भएन है देव ।

देव :- ( आफ्नो ठाउँबाट उठेर भुइँमा थचक्कै बसेर आफ्नो दुबै कान समाते ) ओके! अब म सबैजनासित कान समातेरै माफी मागेँ । तर मामु प्रियालाई त्यति नसताएको भए अहिलेको यो पल यति खास हुन्थेन होला । फेरि सम्बन्धमा बेला बेला थरीथरीको स्वाद हुनैपर्छ ,अनि पो मज्जा आउँछ नत्र सम्बन्ध नि बोअर्ड हुन्छ । 

 

मैले माया गरेको त्यो देव हँसिलो मात्र थियो तर अहिले गहकिलो कुरा गर्ने भइसक्यो। हाम्रो सम्बन्धलाई अगाडिसम्म लैजाने नि भइसकेको रहेछ। म यति सोच्दै मनमनै मुस्कुराउँदै थिएँ । त्यसपछी उसको नजर फेरि मेरो नजरमा आएर जुध्यो ।

 देव :- (मेरो आँखामा हेर्दै) मलाई थाहा छ नि प्रिया , तिम्रो खुशी कहाँ छ । चितवन गएदेखि हामीबीचको दुरी अलि बढेको पनि छ तर माया कम हुन दिएका छैनौँ । परिवार र तिमी दुबैजनासँग समय बिताउन निकै गार्हो । त्यहि भएर यसो सोचेँ तिमीलाई पार्टीमा लगौँ भने तिमी त्यहाँ इन्जोय गर्दैनौ तर तिमीलाई घरपरिवार एकदमै मनपर्ने । फेरि मेरै बाबामामु नि चोर्न सफल भइसकेकी छ्यौ । अनि किर्तिपुर पनि आएकी थिइनौ । दिदीभिनाजु नि कामले यतै आउनुभएको रहेछन् । त्यही भएर आज हामी सबैजनाको लागि ब्युटीफुल इभिनिङ । 

मलाई देवको आँखामा हेरिरहन मन लागेको थियो र उनको त्यो बोली पनि सुनिरहुँ जस्तो थियो ।

म :- (देवतिर हेर्दै) यो मेरो लागि निकै नै अनमोल साँझ हुनेछ फेरि परिवारसित सानो सानो पल बिताउनु नै कति रमणीय हुन्छ । सो दिस इज दि सर्प्राइज ?

देव :- नो बेबी , इट्स स्टिल सरप्राइज (हाँस्दै)

एकछिन सबैजना चुप लागे । त्यतिकैमा दिदी आफ्नो ठाउँबाट उभिनुभयो । अनि भिनाजुतिर हेर्दै

हेर्नू त देवप्रियाको जोडी कति राम्रो। कति समझदार अनि कति रोम्यान्टिक, वाउ! हामीले पनि केही सिक्नुपर्ने भएको छ अब।’

त्यसपछी दिदी किचेनतिर पस्नुभयो । अनि किचेनबाटै भिनाजु र आन्टीलाई बोलाउनुभयो । उताबाट तीनैजना हातमा डिसेज बोकेर आए । अनि टेबलमा राखे । म नि सघाउँछु भनेर आफ्नो ठाउँबाट उठेँ तर आन्टीले काम गर्नै दिनुभएन । ‘भोलि तिमीलाई नै यो घर सम्हाल्नु छ। त्यहिभएर आज आराम गर।’ हाँस्दै यति भनेर फेरि किचेनतिर छिर्नुभयो । अब टेबलमा खाना रेडि थियो तर मलाई भोक नै लागेको थिएन । लागोस् पनि कसरी ? त्यत्रो एक्लै एक्लै भात खाएर बल्ल हिँडेकी थिएँ ।

 म :- आन्टी, म त भर्खर खाना खाएर निस्केथेँ । तपाईंहरु खानु न है । 

 आन्टी :- यसरी हुन्न नि छोरी ।

 देव :- जुस लिन्छौ त्यसो भए ?

 म :- नाइँ देव 

 देव :- केही भएन मामु , म र प्रिया एउटै प्लेटमा खाना खान्छौँ नि त । हुन्न?

 भिनाजु :- के छ सालोबाबु , मौका त छोड्दैनौ हाहा । तिमीहरुको माया सधैँ यस्तै रहोस् ।

त्यसपछी सबैजना खाना खान थाल्यौँ । मेरो र देव अर्थात् हाम्रो प्लेटमा भुजा, आलुको अचार अनि चिकेन ग्रेभी थियो अनि कचौरोमा दाल । आन्टी , दिदीभिनाजुको प्लेटमा पनि हामीजस्तै खाना थियो तर अङ्कलको प्लेटमा चपाती, सब्जी अनि दूध थियो ।

अङ्कल फेरि धेरै हेल्थ कन्सियस मान्छे । कहिलेकाँही पार्टी गर्न रुचाउनुहुन्छ तर आज नन भेज खानै मन लागेनछ रे । म चाहिँ आलुको अचार चम्चाले लिदैँ मुखमा हालिराथेँ। एकदुइटा चिकेन पिस पनि खाएँ । देवले खाना नसकाउन्जेल म नि बिस्तारै बिस्तारै खाँदै थिएँ । खाना खाइसकेपछी सबैजना मिलेर भाँडा किचेनको बेसिनमा राख्यौँ ।

 म :- (आन्टीतिर हेर्दै) भाँडा त माझ्ने होला नि आन्टी ?

 आन्टी :- पर्दैन प्रिया , बिहान माला आउँछिन् अनि सबै काम गर्छिन् । 

माला यहाँ काम गर्ने रहिछिन् । खास खाना पकाउनेदेखी सबै काम उनले नै भ्याउने रहिछिन् । सबैजना फेरि हलमै जम्मा भयौँ ।

 म :- देव , ह्वाट्स् योर ओफिसियल सर्प्राइज याक्चुअल्ली ?

 देव :- अब एकछिन मात्र है 

त्यतिकैमा देवले दिदीको कानमा केही भनेछन् । अनि दिदी र भिनाजु दुबैजना हलबाट निस्किनुभयो। मैले केही भन्न नपाउँदै देवले आफ्नो मुख खोलिहाले

देव :- ओके प्रिया !! मैले तिमीलाई आधा घण्टा नै मेहनत गराएँ अनि कम्प्लिमेन्ट नि दिइन है । यु र लुकिङ सो गोर्जियस यान्ड थ्याङ्क यु मेरो कुरा मानेकोमा अनि अगेन थ्याङ्क यु यो चाहिँ तिम्रो कमप्लिमेन्टको लागि ।

देव खासमा समय कटाउँदै थियो ताकी म केही प्रश्न नगरुँ भनेर । अझै नि दिदीभिनाजु आइसकेका थिएनन् तर देवको आँखा हलको ढोकातिरै थियो। उसको नजर छिनछिनमै घडीतिर गइरहेको थियो।)

मैले प्रश्न गर्नै लाएकी थिएँ कि उनले आफ्नो हात मेरो अगाडि बढायो

 देव :- वान्न डान्स विथ मी

म अङ्कल-आन्टीतिर हेर्दै थिएँ । दुवैजना यसपटक केही बोलिरहनुभएको थिएनन् । ‘से येस’ भनेर दुबैजनाले एकै चोटि भन्नुभयो । मैले पनि आफ्नो हात उनको हातमा राखेँ अनि लेट्स डान्स देन भनेँ ।

त्यो हलमा फेरि सबै बन्दोबस्त अगाडिदेखि नै रहेछ । मेन लाइट अफ भयो अनि चारैतिरको फ्यान्सी लाइट मात्र अन थियो । अनि चारैतिर बेलुन छरेकै थियो। अनि हामीलाई सधैं मनपर्ने गीत “मेरे हातमे तेरा हात हो´´ फना फिल्मको गीत बज्यो ब्याकग्राउन्डमा । मैले आन्टी र अङकललाई पनि ताने । त्यसपछी म र देव नाच्न थाल्यौँ ।

हामी यतिकै नि रोम्यान्टिक कपल्स अझ त्यो गीत र त्यो पल । कति पर्फेक्ट समय थियो त्यो ओहो ! हामी दुबैजनालाई नाच्न मनपर्ने भएर नि होला , हामी त्यो मुमेन्ट्स इन्जोय गर्दै नाच्थ्यौँ । अङ्कल आन्टी आफू नाच्न छोडेर हामी दुबैजनालाई हेरिरहेका थिए ।

त्यतिकैमा मेन लाइट अन भयो । दिदीभिनाजु पनि हलभित्र छिर्नुभयो । भिनाजुको हातमा अलि ठूलो बक्स थियो । म र देवसँगै थियौँ अझ नाँच्दा नाँच्दै रोकिएका थियौँ मेन लाइट अन भएर । म केही नबोली देवलाई हेरेको हेरै भएँ । मेरो आँखामा देवले छर्लङ्गै प्रश्न देख्न सक्थ्यो । देव मतिर हेर्दै हाँस्दै थिए। काउन्ट्डाउन पो सुरु भयो….

५…..४……३……२……१…….

भिनाजुले दिदीलाई, अङकलले अन्टीलाई ह्याप्पी भ्यालेनटाइन डे भनेर वीस गरिरहेका थिए । त्यसपछि बल्ल मैले कुरा बुझेँ । म यसो अगाडी देवतिर फर्किएँ । मान्छे त गायब । गायब के हुनु, भुइँमा आफ्नो हात अगाडि बढाएर घुँडामा बसेका रहेछन्। हातमा मिनीबक्समा रिङ रहेछ । यतिसम्ममै चारैजना मेरै सामुन्ने इसक्नुभएछन् ।

यो निकै सर्प्राइजिङ पल थियो मेरो लागि। थाहा हुँदाहुँदै नि भ्यालेन्टाइन डे को बारेमा मैले भुसुक्कै बिर्सेछु। आज यो सब रमाइला पलहरु रमाउन पाइन्छ भन्ने कल्पना नि गरेकी थिइन ।

देव :- वील यु बी माइ लाइफटाइम भ्यालेनटाइन ?

मेरो आँखाबाट आँसु झरिहाल्यो। वास्तवमा त्यो कल्पना पनि गर्न नसकेको सर्प्राइज थियो अझ परिवारसँगको पलले मलाई पगालिहाल्यो।

म :- अफ कोर्स देव

यति भन्दै म नि भुइँमा बसेँ । आँखामा खुशीको आँसु थियो ।

देव :- अरे ! मैले त तिमी खुशी हुन्छौ भनेर यति प्लान गरेँ । तिम्रो आँखामा आँसु किन ? कम स्टान्ड अप 

हामी दुबैजना आफ्नो ठाउँमा उभियौँ । त्यसपछी उनले मेरो रिङ फिङ्गरमा रिङ लगाइदिए । आन्टीले निधारमा किस गर्नुभो अनि भन्नुभयो, ‘ल, अब तिमी हामीलाई अङ्कल आन्टी होइन, बाबामामु भनेर बोलाउ है।’

म एकछिन अक्क न बक्क भएँ । त्यसपछी फेरि आन्टीले आफैँ थप्नुभयो । ‘नाउ यु बोथ आर अफिसियल्ली इनगेज्ड´´

म देवतिर हेर्दै थिएँ । फेरि अङ्कलले थपिहाल्नुभयो “ तिमीले अगाडि नै देवलाई रिङ लगाइदिएकै छौ आज देवले तिमीलाइ भनेसी अफिसियल्ली इनगेज्ड ।´´ म मुसुमुसु मुस्कान छाड्दै थिएँ ।

त्यतिकैमा केक काट्ने भनेर हामी टेबलनजिक पुग्यौँ । “ह्याप्पी भ्यालेन्टाइन डे प्रियादेव´´लेखिएको अमेरिकन चोको चिप्स केक अनि त्यसमा फ्रुट डेकोरेसन नि थियो । मलाई र देवलाई केक काट्न भन्नुभयो ।

म एकैछिन भनेर किचेनतिर पसेँ अनि दुइटा अझै चक्कु ल्याएँ अनि एउटा ड्याडीममी र अर्को दिदीभिनाजुको हातमा दिएँ । “लेट्स सेलिब्रेट दि मोमेन्ट टुगेदर´´ भन्दै केक काट्यौँ।  अनि आआफ्नो भ्यालेन्टाइनलाई केक खुवायौँ । त्यसपछी दिदीभिनाजुको रोम्यान्टिक मोमेन्ट, ब्याकग्राउन्डमा गीत अनि दिदीको हातमा भिनाजुको हात । उनीहरुको अरेन्ज मेरेज हुँदा पनि लभ बर्ड्स थिए ।

हुन त त्यहाँ उपस्थित सबैजनाको माया दाँज्न लायकको थिएन ।

हामी मस्त डान्स गर्दै थियौँ अनि धेरै कुराहरु पनि गर्यौँ । त्यसपछी मलाई भोलि चाँडो उठ्नु छ भनेर याद आयो । करिब करिब १ नै बज्न लागेको थियो ।

म :- अङ्कल (यति भन्दै टाउकोमा हात पुग्यो) सरी सरी ड्याडी सुन्नुन भोलि मलाई चाँडै अफिस जानू छ । आइ नीड टु रेस्ट । 

ड्याडी :- नो वरी प्रिया , भोलि तिमीलाई अफिस पुर्याउने जिम्मा मेरो । अनि मालालाई पनि हाम्रो खाना चाँडै रेडी गर्दिन भनेकै छु ।

दिदी :- प्रिया , थ्याङक यु सो मच । तिमी थियौ र त फ्यामिली पार्टीमा यति धेरै रौनक थियो । म र तिम्रो भिनाजु भोलि दिउँसोतिर हेटौंडा फर्किन्छौँ होला । तिमी राम्ररी अफिस जाउ । भोलि हामी ढिला उठ्छौँ होला । बिहान भेट नि हुन्न कि । (अनि हग गर्दै ) अब चाँडो फ्यामिली मेम्बर बन नै नानू ।

देव :- उम् मेरो कनफेरेन्स पनि करिब साढे एघारबाट बल्ल सुरु हुन्छ । म नि ढिलो उठ्छु होला है । गुड नाइट सबैजनालाई ।

बाबा :- छोरा भोलि कति बजेसम्म कन्फेरेन्स हुन्छ ?

देव :- मे बी ६ बजेसम्म 

बाबा :- ओके देन गुड नाइट सबैजनालाई 

सबैजना सुत्न गयौँ । मेरोलागि गेस्ट रुम तयार रहेछ । ममीले मलाई रुमसम्म पुर्याएर डीम लाइट अन गरेर आफ्नो कोठातिर छिर्नुभो । त्यत्रो सर्प्राइज्ड हुँदा नि आज मनमा केही कुरो खेलेको थिएन । दिनभरको थकानले यति धेरै चुर भएकी थिएँ कि ओछ्यानमा पल्टिनेबितिकै निदाएँ ।

बिहान करिबकरिब ७ बजेतिर आफैँ निन्द्रा खुल्यो । हुन त राति मोबाइलमा अलार्म लाएर नै सुतेकी थिएँ । म उठेर फ्रेस भएँ । राती ममीकै नाइटी लगाएर सुतेकी थिएँ । फ्रेस हुनेबित्तिकै त्यो ड्रेस चेन्ज गरेँ । अनि किचेनतिर पसेँ ।

माला :- गुड मर्निङ म्याम !!

( किचेन छिर्नेबितिकै मालाको मधुर आवाज सुन्न पाइयो)

म :- गुड मर्निङ माला !! ओहो सबै काम नि भ्याइसक्नुभयो ?

माला :- हजुर म्याम । खाना नि रेडी भइसक्यो । खाना पस्के हुन्छ होला नि तपाईँको लागि ?

म :- होइन म र ड्याडी सँगै जान्छौँ । बरु ड्याडी आएसी सँगै खाऔँला नि ।

(त्यकिकैमा ड्याडी आइपुग्नुभयो । )

म :- गुड मर्निङ ड्याडी

ड्याडी :- गुड मर्निङ छोरी । ( मालातिर हेर्दै ) माला ल चाँडो खाना पस्किदेउ त । अब हामी हिँडिहाल्नुपर्छ ।

ड्याडी रेडी भएरै किचेनमा छिर्नुभएको थियो । देव , ममी अनि दिदीभिनाजु कोइ नि अहिलेसम्म उठेका थिएनन् । खाना खाँदै गर्दा हामी बाबाछोरी गफ्फिन पुग्यौँ ।

ड्याडी :- छोरी , अनि आजको के प्लान छ त ?

म :- त्यही सधैंको जस्तो अफिस अनि रुम । देव नि आज व्यस्त नै हुन्छ होला फेरि ।

ड्याडी :- देव ६ बजेसम्म मात्र उता हुन्छ । तिमी दुबैजनाको लागि मैले होटेल ब्लु साङ्ग्रीलामा एउटा स्वीट टेबल बुक गरेको छु है । स्पेन्ड सम क्वालिटी टाइम । अनि यो चाहिँ मेरो तर्फबाट गिफ्ट । 

म :- वाउ , दयाट्स सो स्वीट । देवलाई भन्नुभयो नि है ?

ड्याडी :- एस् , तिमी रुम आएर रेडी भएरै बस्नु है ।

बखुन्डोलस्थित होटेल ब्लु सान्ङ्ग्रीला मेरो रुम नजिकैको होटेल हो । मलाई सजिलो हुन्छ भनेर ड्याडीले त्यहिँको लोकेसन छान्नुभएको रहेछ । ड्याडीले ममीकोलागि नि किर्तिपुरमै प्लान बनाउनुभएछ । हुन त ड्याडीममी भनेको त सार्है नै मायालु कपल , सधैं उनीहरुको लागि भ्यालेनटाइन डे नै हुन्छ । हामी दुबैजना खाना खायौँ ।

जानेबेला देवलाई भ्यालेनटाइन वीस गरेर जाने मन थियो तर उनी उठेकै थिएनन् । फेरि म नि अफिसमा भएको बेला कलमा झुन्डिन भएन । अब एकैचोटी बेलुका त भेट होला ।

त्यसपछी म र ड्याडी निस्केँ । हामी बाटोभरी निकै गफ गर्यौँ । अनि पौने नौ बजेतिर हामी रुम आइपुग्यौँ । बाबालाई नि अफिस जान ढिलो भइरहेको थियो । उहाँको टेक्सटाइलस्को बिजिनेस , उहाँ मलाई रुम छोडेर आफ्नो अफिसतिर लाग्नुभयो ।

ड्याडी :- ल प्रिया , अब फेरि चाँडै भेटौँला । बाइ बाइमैले नि बाइ ड्याडी भनेँ अनि रुमतिर लागेँ । त्यहाँ फटाफट अफिसको पहिरनमा आफूलाई ढालेँ अनि स्कुटी बत्ताउँदै बैँक पुगेँ । ठ्याक्कै टाइममा पुगिएछ ।

भरदिन यताउतै गरि दिन बित्यो । एकैचोटी बेलुकीको पाँच बजे फुर्सद भयो । अनि रुम पुगेँ । अहिले नि देव उता व्यस्त नै होला भनेर आरामले आफ्नो रूम मिलाउन थालेँ । एकछिन मोबाइल नि चलाएँ ।

त्यसपछी रेडी हुने जाँगर चलेपछी आज के लुगा लगाउने सोच्न थालेँ । भएभरको सबै लुगातिर आफ्नो नजर घुमाएँ । त्यसपछी ध्यान चाहिँ मेरो कालो सुटमा गयो । पाकिस्तानी स्टाइलको सुट मलाई फेरि निकै मनपर्ने । अनि हिजैको ज्वेलेरी लाएँ । त्यसपछी हलका काजल अनि रेड सेड्को लिप्स्टिक र कपाल चाहिँ खुल्लै छोडेँ । त्यसपछि कालो हील नि ।

त्यसै नि देवसित अलिकति भए नि हाइट मिलाउन लामै हिल लगाउनुपर्थ्यो । म रेडी भएर रुममै मोबाइल चलाएर बसिराथेँ । ६ बजिसकेको थियो तर नि अझै कल आएन देवको । करिब करिब साढे छ बजेतिर उसको कल आयो “ म आउँदै छु ´´ यति भनेर कल राखे उनले । केहिछिनमै फेरि देवको कल आयो “ ल , तल ओर्ल कान्छू ´´ । म नि फटाफट तल ओर्लेँ । त्यसपछी कारमा त्यही अफिसकै कुरा गर्दै होटेलमा पुग्यौँ । अतिथिलाई निकै राम्ररी स्वागत गर्ने चलन रहेछ फेरि त्यहाँ । म देवको हात समाएरै होटेलभित्र पसेँ । त्यसै लामो हिल लाको बेला त उसको साहारा लिनै पर्छ मलाई । हामी रेसेप्सनिस्ट्निर पुग्यौँ ।

देव :- वी ह्याव अ बुकिङ फ्रम मिस्टर मिलन मानन्धर फर अ स्वीट टेबल ।

रेसेपसनिस्ट :- एस स्योर , फर हिज सन एन्ड हिस फियोन्सी ? राइट ?

देव :- एस 

त्यसपछी रेसेपसनिस्ट्ले नै हामीलाई हाम्रो टेबलसम्म छोड्दिए ।

देव :- थ्याङ्क यु म्याम ( रेसेप्सनिस्टलाई )

ओहो ! त्यो ठाउँ एकदमै राम्रो थियो । बालकोनिजस्तो भिउ अनि क्यान्डल लाइट्स । अझ चारैतिर फुलको डेकोरेसन ।

म :- ( देवतिर हेर्दै ) पक्कै पनि ड्याडीले यो ठाउँमा ममीलाई ल्याएकै हुनपर्छ है ( हाँस्दै )

देव :- (हाँस्दै) मलाई पनि त्यस्तै लाइराछ ।

त्यसपछी देवले बस्ने कुर्सी ताने अनि मलाई बस्न भनि आग्रह गरे । म बसिसकेपछी उनी पनि अर्कातिर बसे ।

त्यसपछी हामीले घरमा कल गर्यौँ । एकैचोटी  दुबै जनाले एकै स्वरमा थ्याङ्क यु ड्याड(मैले) थ्याङ्क यु बाबा (बाबा) देवले भने । कल राखिसकेपछी बल्ल देवको नजर ममाथी गएछ ।

देव :- अरे वाह ! म्याचिङ म्याचिङ 

म :-हो त नि है । हाम्रो मनपर्ने कलर सेम भएर होला , अड्कल लगाउन निकै सजिलो ।

उनको पनि फर्मल ड्रेस ब्ल्याक कलरकै थियो । उनको त्यो हेयर स्टाइल फेरि मलाई असाध्यै मन्पर्थ्यो अनि हाँस्दा गालामा डिम्पल । हुन त जतिबेला हाँसिरहने मान्छे , त्यहिभएर नि मलाई मनपरेको होला उनी ।

देव :- बट योर चोइस इज अलवेज पर्फेक्ट । मैले तिम्रो कालो सुटको बारेमा भन्या होइन है फेरि हाहाअ आफ्नै बारेमा भन्या हो । लुक याट मि यार ( हाँस्दै)

उनको यो कुनै नौलो बानी होइन । आफ्नो बढाइचढाइ गर्न पाएसी त अरु केहि चाहिन्न उनलाई । त्यतिकैमा वेटर आए ।

वेटर :- ह्लो सर , ह्लो म्याम !! योर अर्डर प्लिज 

देव :- ( एकछिन नि समय नलगाउँदै ) आइ वील लभ सम चाइनिज अलोङ वीथ ओरेन्ज जुस 

म :- प्लिज ब्रीङ मी इन्डिअन फुड । 

वेटर :- हस् सियोर 

(देवको आँखा मतिरै थियो ।)

देव :- अनि अबको के प्लान छ ?

म :- अब रुम जाने अनि सुत्ने प्लान छ यार । बहुत निन्द्रा लागिरहेको छ मलाई ।

देव :- (हाँस्दै) तिमीलाई त यो प्रश्न सोध्नै बेकार हो । ( अनि एकछिन माहोल चुप भयो त्यसपछी एकदमै सिरियस हुँदै) तिमीलाई याद छ तिमीले मलाई प्रपोज गरेको  दिन ?

म :- (हाँस्दै) अरे यु नो इट मलाई डेट याद हुन्न तर सिचुएसन चाहिँ याद छ है ।

त्यसपछी हामी हरेक कुरा सम्झिन थाल्यौँ र सायदसँगै सम्झिदैँ थियौँ । सधैँ केटाले केटीलाई प्रपोज गर्ने चलन छ तर मैले देवलाई प्रपोज गर्दा उसको खुशीको सिमा थिएन । हो , त्यही दिन मैले उनलाई रिङ नि लगाइदिएकी थिएँ । त्यही भएर हिजो ड्याडीममीले अफिसिअल्ली इनगेजड भन्नुभएको थियो । हामी दुबै जनाको ओठमा मन्द मुस्कान थियो । त्यतिकैमा वेटर आइपुगे । टेबलमा हाम्रो प्लेट राखेर गए । “ एनि अदर थिङ सरम्याम ?´´

देव :- वी विल कल यु, इफ वी नीड एनिथिङ । थ्याङ्क यु 

वेटर :- सियोर सर 

त्यसपछी हामी कुरा गर्दै खाना खादैँ थियौँ ।

देव :- (खाना खाँदाखाँदै) लेट्स गेट म्यारिड प्रिया !!

उनको कुरा सुनेर झन्डै खाना सर्केन । गिलासमा पानी राखेर पानी पिएँ ।

म :- (देवतिर हेर्दै) व्हाट ?

देव :- म आज साँचै सिरियस छु है ।

खास हामी करियर ओरियन्टेड भएर पनि होला, बिहेमाथि ध्यान नै गएन तर एकचोटी मलाई उल्लु बनाउन उनले बिहेको कुरा निकालेका थिए । हुन नि हो , मलाई उल्लु बनाउन जति ठूलो हब्बी त उनको अरु के नै होला र ?

आज उनले केही सर्प्राइज त प्लान गरेका थिएनन् तर यो कुरा मेरो लागि ठूलै झट्का थियो । म केही बोलिन । देव आफू खाना खाँदै अनि मलाई निकै सम्झाउँदै थियो । म नि सोच्दै थिएँ कि मैले त्यो बेलामा एउटा बच्चाजस्तो मान्छेसित प्रेम गरेकी थिएँ जो मलाई सानोसानो कुरामा हँसाउने गर्थ्यो , जसलाई पारिवारिक जिम्मेवारीको बारेमा केही थाहा हुन्थिएन । हुन त अस्तिसम्म नि उनी यस्तै थिए । तर म निकै खुशी नि थिएँ ।

खुशी पनि किन न हुनु ८ वर्षको सम्बन्ध बिहेमा रुपान्तरण हुनु नै मेरो लागि ठूलो कुरा थियो । म देवतिर हेर्दै मुसुमुसु हाँस्दै थिएँ । मेरो हाँसो देखेर हो कि के हो उनको मन खिन्न भएको थियो । उनको आँखा निकै चाँडो रसायो पनि । त्यस्पछी म उनीनिर गएँ । पछाडिबाट उनलाइ बसेकै बेला अँगाल्दै “ तिम्रो यो रुप निकै नौलो छ कान्छू , अनि आँखा किन रसाको (त्यसपछि हाँस्दै) हुन त यत्रो वर्ष झेलेकै छु अझ नि झेलौँला हाहा

´´त्यसपछी म थप्दै गएँ “थाहा छ हाम्रो गन्तव्यको सुरुवात कहाँबाट भएको थियो ? त्यो ठाउँ जहाँ तिमीलाई कसैमाथि विस्वाश थिएन ।

अझ म नि तिमीलाई छोडेर जान्छु कि भन्ने डर नि थियो । यहाँसम्म कि मैले तिमीलाई प्रपोज गर्दा नि तिम्रो राम्ररी एस ओर नो नि थिएन । बट स्टील वी आर टुगेदर । ( एकछिन रोक्किएँ र आफ्नो कुरा फेरि थपेँ ) सो लेट्स गेट म्यारिड ´´ यसपटक मभन्दा धेरै गुणा बढी खुशी देव थिए । मैले त्यति भन्नासाथ उनी आफ्नो ठाउँमा उभिए र मलाई धेरै जोडले हग गरे अनि “ ह्याप्पी भ्यालेन्टाइन डे प्रिया ´´ भनेर वीस गरे । मैले पनि “ ह्याप्पी भ्यालेनटाइन डे कान्छु ´´ भनेँ ।

हुन त त्यो ठाउँ नि निकै प्राइभेट नै थियो । हामी आरामले एकाअर्कासँग क्वालिटी टाइम स्पेन्ड गरिरहेका थियौँ । अब देवको खुशीको ठेगान नै थिएन । सायद यहि कुरा गर्न नै होला उनले यति गरेको । देव अब मुसुमुसु हाँस्दै थियो तर त्यत्रो चाइनिज अर्डर गरेको मान्छेले अब एक चम्चा नि खाएन । म त खाँदै अनि देवतिर हेर्दै थिएँ । एकैछिनमा वेटरले स्वीट डिस ल्याए । हामीले त्यो स्वीट एकाअर्कालाई आफ्नै हातले खुवायौँ अनि कङ्ग्राचुलेसन्स् टु अश भनेर वीस गर्यौँ । त्यसपछी बिल पे गरेर हामी होटेलबाहिर निस्कियौँ । उनको हात समाउँदै कारसम्म पुगेँ । उनले सधैंझैँ मेरो साइडको कारको डोर ओपन गरे अनि मलाई सिटमा बसाएर आफू कारमा बसे । त्यसपछी भोलि दुबैजनाले आआफ्नो घरमा यो कुरा खबर गर्ने निर्णय गर्यौँ ।

मलाई रुम छोडेसी म तिर हेर्दै “ प्रिया , यु आर लुकिङ सो गोर्जियस ´´ त्यसपछी मेरो पालो “ तिमीजस्तो ह्यान्ड्सम मान्छेको साइडमा उभिन त यतिसम्म गर्नै पर्यो नि है ´´ हाँस्दै यति भने । “ ल घर पुगेसी मलाई कल गर है ´´ मैले फेरि थपेँ ।

म रुम पुगेर फ्रेस भएर बेडमा पल्टिएँ । देवले कतिबेला कल गर्छ्न् भनेर पर्खिदैँ थिए कि त्यतिकैमा भिडियो कल आयो । उनकै कल थियो ।

म :- पुग्यौ देव ?( सुरुमै यति भने )

“ कङ्ग्राचुलेसन्स टु बोथ अफ यु ´´ उताबाट यो आवाज आयो । ड्याडीममीले थाहा पाइसक्नुभएछ । मैले खुसी हुँदै “ थ्याङ्क यी ममीड्याडी´´

“ ल छोरी अब देवसित कुरा गर ´´ भन्दै मोबाइल देवको हातमा पुग्यो।

“ अँ, म राम्ररी घर आइपुगे । तिमी अब राम्ररी सुत ।म नि रेस्ट गर्छु । गूड नाइट कान्छू ।´´

म :- गुड नाइट यान्ड ह्याव अ स्वीट ड्रीम्स अफ माइन

देव :- ( हाँस्दै) तिमीलाई नै देख्छु हो सपनामा नि । ह्याव अ स्वीट ड्रीम्स । बाइ

यति भन्दै म नि मीठामीठा सपना बुन्दै निदाइछु ।

 

Read More at Offline Thinker:

Love | Poem | Makhliyokhon Umirzakova

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *